फाेटाे फिचर
-
४ माघ २०७९, बुधबार १०:१३पत्रकार पौडेल प्रति श्रद्धाञ्जली
जहाज दुर्घटनामा परी मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलप्रति नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै । तस्बिर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
४ माघ २०७९, बुधबार १०:११पर्यटकीय गाउँ
लमजुङ क्व्होलासोथर गाउँपालिका-५ स्थित पर्यटकीय सिङ्दी गाउँ । यहाँ परम्परागत घर लगायत भेषभूषा, संस्कार, संस्कृति समेत देख्न सकिन्छ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
३ माघ २०७९, मंगलवार ११:५६ग्रामीण जनजीवन
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिपुर छापकी एक महिला गाईगोरु चराउन जाँदै । पछिल्लो समय ग्रामीण क्षेत्रमा गाईगोरु पालेर चराउन (गोठालो) जाने कार्य लोप हुँदै जान थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०७९, मंगलवार ११:५२च्याऊको मःमः
तनहुँको दमौलीमा जारी नेपाल आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव-२०७९ स्थलमा च्याऊको मःमः पकाउँदै स्थानीय च्याऊ उत्पादक कृषकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०७९, मंगलवार ११:४७श्रृंगारका सामाग्रि
तनहुँको दमौलीमाजारी पाँचौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७९ स्थलमा श्रृंगारका सामाग्रि खदिरबिक्री गर्दै युवतीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ माघ २०७९, आईतवार १२:०४जाडो बढेपछि आगो ताप्दै
चिसो बढेपछि तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरको झापुटारमा आगो ताप्दै गरेका स्थानीय । दमौली अवरपरको क्षेत्रमा बिहान बेलुकाको समयमा चिसो बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ माघ २०७९, आईतवार ११:५९सुहाएको छ ?
तनहुँको दमौलीमाजारी पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा रहेका व्यवसायिक स्टलमा कपडा छान्दै गरेका युवतीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ पुष २०७९, शुक्रबार ०८:३५बोकाको बन्ध्याकरण
तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ मा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा बोकाको बन्ध्याकरण गर्दै नगरपालिकाकी एक कर्मचारी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ पुष २०७९, बिहीबार १२:३०३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाल ठकुरी समाज तनहुँले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित र्यालीमा बाजागाजा सहित सहभागि भएका ठकुरी समुदायका महिला पुरुषहरु । ठकुरी समाजले जिल्लाका पालिकाका इकाईमा आवद्ध सदस्यहरुलाई दमौलीमा सहभागि गराइ भव्य रुपमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । तस्विर…
पुरा पढ्नुहोस