फाेटाे फिचर
-
२१ मंसिर २०७९, बुधबार १२:०४विद्यालयमा बालबालिका
तनहुँको भिमाद-६ स्थित जनज्योति माध्यमिक विद्यालयको शिशुकक्षामा पठनपाठन गर्दै बालबालिका । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ मंसिर २०७९, बुधबार १२:०१शिक्षकहरुलाई तालिम
तनहुँको भानु नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको विद्यार्थीको सुधारात्मक मूल्याङ्कन सम्बन्धी एकदिवसीय तालिममा सहभागि भएका शिक्षकहरु । भानु-७ को चन्द्रावती माविमा सञ्चालित तालिममा नगरको पश्चिम क्षेत्रका विभिन्न विद्यालयका कक्षा १-३ मा अध्यापनरत १७ जना शिक्षकहरुलाई शिक्षा तालिम केन्द्र दमौलीका प्रशिक्षक दामोदर कार्की…
पुरा पढ्नुहोस -
२० मंसिर २०७९, मंगलवार ११:३५वकतृत्वकला प्रतियोगिता
तनहुँको आँवुखैरेनी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगता सोमबार आयोजना गरेको ‘लैङ्गिक हिंसा रोकथाम तथा न्यूनीकरण युवाहरुको भुमिका’ बिषयक वकतृत्वकला प्रतियोगिताका सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण पश्चात सामुहिक तस्विरमा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ मंसिर २०७९, सोमबार १२:०६लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान
तनहुँको आँवुखैरेनी गाउँपालिकामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार आयोजित एक कार्यक्रममा ‘म हिंसा गर्दिन, म हिंसा सहदिन’ व्यानरमा हस्ताक्षर गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ मंसिर २०७९, सोमबार ११:५६भूमीहीन, अव्यस्थित बसोबासीलाई निस्सा
तनहुँको व्यास नगरपालिका-१३ का भूमीहीन, अव्यवस्थित बसोबासीलाई आइतबार निस्सा वितरण गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपाने । नगरपालिकाले भूमीहीनलाई जग्गा वितरणका लागि प्रक्रिया शुरु गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ मंसिर २०७९, आईतवार ११:२८चेपाङ बालबालिका
चितवनको इच्छाकामना गाँउपालिका-५ स्थित जौगैरामा स्कुल पढ्न हिँडेकी विनिता चेपाङ र मस्याङको भारी बोकेर घर जाँदै गरेका लक्की चेपाङ । गरिबीका कारण चेपाङ समुदायका बालबालिका विद्यालय जानबाट बञ्चित छन् भने घरायसी काम गर्नुपर्ने बाध्यता छ । तस्बिर : कृष्ण आचार्य/रासस
पुरा पढ्नुहोस -
१८ मंसिर २०७९, आईतवार ११:२३स्वास्थ्य शिविर
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउदै महिला । नेपाल कलेजो केयर फाउण्डेशन चितवनको सहयोगमा गाउँपालिकाले शनिबार पेट तथा कलेजो रोज, मुटु, दम, सुगर प्रेसर, स्त्री तथा प्रसुती रोग, रंगिन भिडियो एक्सरे, प्रयोगशाला तथा एक्सरे लगायतको सेवा निःशुल्क प्रदान गराएको…
पुरा पढ्नुहोस -
१६ मंसिर २०७९, शुक्रबार ११:५०कोदो थन्काउने चटारो
तनहुँको ऋषिङ गाउँपालिका-७ का कृषकहरु बारिबाट कोदोको बाला टिपेर घरमा ल्याएपछि सुकाउँदै । कृषकहरुले कोदोको बाला टिपेर केही दिन गुम्साउने र चुटेपछि कोदो थन्काउने गर्दछन् । पछिल्लो समय तनहुँमा कोदो खेती लोप हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ मंसिर २०७९, शुक्रबार ११:४०दिंवगतहरुको स्मरणमा दिपप्रज्ज्वलन
३५औँ विश्व एड्स दिवसका अवसरमा तनहुँको दमौली स्थित प्रशासनचोकमा एचआईभी संक्रमणबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिपप्रज्ज्वलन गरिदै । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ यस वर्षो एड्स दिवस मनाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस