फाेटाे फिचर
-
२८ कार्तिक २०७९, सोमबार ११:४५धान परालको कुन्यो
तनहुँको व्यास नगरपालिका-५ शेराटारका कृषकहरु खेतमा पाकेको धान काटेर कुन्यो लगाउँदै । कृषकहरुले पाकेको धान काटेपछि केही दिन सुकाएपछि त्यसलाई कुन्यो लगाएर केही दिनपछि दाइ हालेर धान परल छुट्याउने र थन्काउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ कार्तिक २०७९, सोमबार ११:२७मतदातासंग उम्मेदवार
बाम-लोकतान्त्रिक गठबन्धनबाट तनहुँ-१ का उम्मेदवार रामचन्द्र पौडेल र प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमान देवघाट-४ का मतदातासंग तस्विर खिचाउँदै । उम्मेदवारहरु अहिले मतदाताको घरदैलोमा पुगि आ-आफ्नो पक्षमा मत माग्न व्यस्थ छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ कार्तिक २०७९, सोमबार ११:२३कृषकको चटारो
तनहुँको दमौली स्थित एक बीज भण्डारमा आलुको बीउ छान्दै गरेका महिलाहरु । धान थन्काएपछि कृषकहरुले आलु खेती गर्ने गर्दछन्। तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ कार्तिक २०७९, आईतवार ११:३४घरदैलोमा पुगेर भोट माग्दै
नेकपा (एमाले)का तर्फबाट तनहुँ-१ प्रदेश-२ का उम्मेदवार पूर्णबहादुर गुरुङ शनिबार व्यास-१ भादगाउँमा घरदैलो गरी भोट माग्दै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ कार्तिक २०७९, आईतवार ११:३२वृद्धवृद्धालाई न्यानो कपडा
व्यास-५ बेनीपाटन स्थित राष्ट्रिय परोपकार महासंघ नेपालको वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो कपडा हस्तान्तरण गर्दै दमौलीका स्वास्थ्यकर्मीहरु । दमौली स्थित मिर्लुङ पोलिक्लिनिङ लगायतका नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले तीहार पर्वमा भैलोबाट संकलन भएको रकमबाट वृद्धवृद्धाहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ कार्तिक २०७९, शुक्रबार ११:३२भोट माग्दै खेतबारीमा
तनहुँको म्याग्दे गाउँपालिका-७ का कृषकहरुसंग भोट माग्न पुगेका नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरु । खेतबारीमा धान, कोदो पाकेका कारण अहिले कृषकहरु पाकेको बाली थन्काउन व्यस्थ भएपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरु खेतबारीमै पुगेर भोट माग्न थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ कार्तिक २०७९, शुक्रबार ११:३०पर्यटकीय सिङ्दी गाउँ
लमजुङको क्व्होलासोथर गाउँपालिका-५ स्थित परम्परागत घरबस्ती रहेको सिङ्दी गाउँ । तस्बिर : जनक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
२४ कार्तिक २०७९, बिहीबार ११:५१थानीमाई डाँडामा पर्यटक
पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दिपुर स्थित थानीमाई डाँडाबाट अस्ताउँदो सूर्यको दृष्यावलोकनका लागि पुगेका आन्तरिक पर्यटक । यहाँबाट सूर्योदय र अस्ताउँदो सूर्यको सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ कार्तिक २०७९, बुधबार ११:५४ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
तनहुँको ऋषिङ गाउँपालिका-२ ग्वास्लुङ्गस्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईकी स्वास्थ्यकर्मी बसन्ती आले मगर स्थानीय वृद्धाको रक्त चाप परीक्षण गर्दै । स्वास्थ्य इकाईले आफ्नो सेवा क्षेत्रका टोलटोलका घरघरमा पुगि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको रक्त चाप परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिदै आएको छ । तस्विर :…
पुरा पढ्नुहोस