फाेटाे फिचर
-
१ कार्तिक २०७९, मंगलवार ११:३६प्रतिस्पर्धी उम्मेदवार
तनहुँ क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार नेकपा एमालेका श्यामराजा महत (दायाँ) र सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेको दुलेगौंडामा जम्काभेट । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ आश्विन २०७९, सोमबार ११:४८भिमादको मिछुर्लुङ्गमा पर्यटन मेला
तनहुँको भिमाद नगरपालिकास्थित मिछुर्लुङ्गमा आयोजना गरिएको चौथो मिछुर्लुङ्ग दशैं पर्यटन मेला २०७९ समापन समारोहमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै स्थानीय युवातीहरु । मेलामा जुनियर पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ आश्विन २०७९, सोमबार ११:३८बन्दिपुरमा एमालेको विस्तारित बैठक
नेकपा एमाले बन्दिपुरगाउँ कमिटीले आइतबार बन्दिपुरमा आयोजना गरेको बिस्तारित बैठकमा सहभागिहरु । बैठकले गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा ५०१ सदस्यी चुनाव परिचालन कमिटी गठन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० आश्विन २०७९, आईतवार १२:५९फिजियोथेरापी सेवा
तनहुँको दमौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी प्रविधिबाट स्वास्थ्य सेवा लिंदै सर्वसाधारण । केन्द्रले यो सेवा सञ्चालन गरेसंगै तनहुँ लगायत छिमेकी जिल्लाहरुबाट पनि उपचार सेवा लिन आउने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ आश्विन २०७९, बिहीबार १३:०२घरको पीढिमा धान कुट्ने मिल
तनहुँको व्यास नगरपालिका-९ को तनहुँसुरका एक कृषक घरको पीढिमा राखिएको कुटानीपिसानी मेशिनमा धान कुट्दै । कुटानीपिसानीमा आधुनिक मेशिनको प्रयोग बढ्दै गएपछि परम्परागत ढिकीजातो लोप हुँदै गएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ आश्विन २०७९, मंगलवार १२:०९हिलाम्मे सडक
तनहुँको भानु नगरपालिकाको भानु मोटरमार्ग अन्तर्गत चन्द्रावती-पोखरीछाप सडक खण्डको तल्लो सम्जुरमा हिलाम्मे बनेको सडक । यो खण्डको गत आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का लगाइएपनि निर्माण व्यवसायीले काम नगर्दा स्थानीयले सास्ती झेल्नुपरेको छ । सानो पानी पर्दा यातायातका साधन मात्र होइन मानिस…
पुरा पढ्नुहोस -
२५ आश्विन २०७९, मंगलवार ११:२४बन्दिपुरमा पर्यटक
पर्यटकीय नगरी तनहुँको बन्दिपुरमा आइपुगेका वाह्य पर्यटक । कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि बन्दिपुरमा वाह्य पर्यटकको आगमन बढ्न थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०७९, आईतवार ११:४४दशैलाई अकबरे खुर्सानी
तनहुँको दमौलीमा खुर्सानी र गोलभेडा खरिद बिक्री गरिदै । व्यास नगरपालिकाको केशवटारमा उत्पादन गरिएको अकबरे खुर्सानी प्रतिकिलो २८० रुपैयाँका दरले बिक्री वितरण हुने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ आश्विन २०७९, आईतवार ११:२९तनहुँको व्यापारीक केन्द्र भिमाद बजार
तनहुँको भिमाद नगरपालिकाको भिमाद बजार । स्याङजा, पाल्पा, नवलपरासी, पाल्पाको रामपुर लगायतका ग्रामीण क्षेत्रको मुख्य नाकाको रुपमा रहेको भिमाद बजार तनहुँको मुख्य व्यापारीक केन्द्र पनि हो । यो बजार सेती नदीको कटानका कारण उच्च जोखिममा परेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस