हिलाम्मे सडक

तनहुँको भानु नगरपालिकाको भानु मोटरमार्ग अन्तर्गत चन्द्रावती-पोखरीछाप सडक खण्डको तल्लो सम्जुरमा हिलाम्मे बनेको सडक । यो खण्डको गत आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का लगाइएपनि निर्माण व्यवसायीले काम नगर्दा स्थानीयले सास्ती झेल्नुपरेको छ । सानो पानी पर्दा यातायातका साधन मात्र होइन मानिस समेत पैदल हिड्न नसक्ने गरी सडक बिग्रिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










