फाेटाे फिचर
-
९ आश्विन २०७९, आईतवार ११:४६दशै पर्वका लागि तोरी पेल्नेको भिड
तनहुँको बन्दिपुर गाउँपालिका-१ रिमाल्निमा रहेको आधुनिक तोरी मिलमा दशैं पर्वका लागि आवश्यक पर्ने तेलका लागि तोरी पेल्न आएका स्थानीयहरु । स्थानीय मेनका भट्टराइले सञ्चालनमा ल्याएको उक्त मिलमा अहिले तनहुँको बन्दिपुर, भानु, आँवुखैरेनी लगायतका पालिकाको ग्रामीण क्षेत्रबाट मानिसहरु तोरी पेल्न आउने गरेका छन् । यस्तै, मिलबाटै…
पुरा पढ्नुहोस -
९ आश्विन २०७९, आईतवार ११:१९टोलको सक्रियतामा सरसफाई
तनहुँको व्यास नगरपालिका-५ स्थित चापाघाट टोलका बासिन्दाहरु नेपालीका ठूला चाडपर्व नजिकिएसंगै टोल क्षेत्र भित्र सरसफाईमा जुट्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ आश्विन २०७९, आईतवार ११:१६बजार अनुगमन
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित एक खाद्यान्न पसलमा अनुगमन गरिँदै । नजिकिँदै गरेको चाडपर्वलाई विशेष ध्यानमा राखी तनहुँमा बजार अनुगमनलाई तीव्र पारिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०७९, शुक्रबार ११:३३सय वर्षीया धनमायालाई कोभिड विरुद्धको खोप
तनहुँको म्याग्दे गाउँपालिका-२ भैसीखारमा विहीबार सञ्चालन गरिएको घुम्ती शिविरमा स्थानीय उय वर्षीया धनमाया परियारलाई कोभिड-१९ विरुद्धको खोप लगाउँद स्वास्थ्यकर्मीहरु । गाउँपालिकाले सर्वसाधारणलाई एकीकृत सेवा पुर्याउने उद्देश्यका साथ असोज ३ गतेदेखि वडा तथा टोलटोलमा घुम्ती शिविर सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ आश्विन २०७९, शुक्रबार ११:२९टुडिखेलमा सरसफाई
पर्यटकीय नगरी तनहुँको बन्दिपुर स्थित टुडिखेल क्षेत्रमा सरफाई गर्दै टुडिखेल टोलका बासिन्दा । टोलले टुडिखेल लगायतका क्षेत्रमा अभियानकै रुपमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ आश्विन २०७९, बिहीबार ११:४१पहिरो पन्छ्याउदै
तनहुँको ऋषिङ गाउँपालिका-३ अर्चल्दीमा पहिरो पन्छ्याउदै एक व्यक्ति । करिव एक हप्तादेखि खसेको पहिरोका कारण दुइ पांग्रे सवारी साधान आवतजावतमा कठिनाई भएपछि कोदालीले पहिरो पन्छाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ आश्विन २०७९, बुधबार ११:१०टोलटोलमा सरकारको सेवा
तनहुँको म्याग्दे गाउँपालिकाले वडा नं. १ को बाख्रेमा मंगलबार सञ्चालन गरेको घुम्ती शिविरमा सेवा लिन आएका स्थानीय । सर्वसाधारणलाई घरदैलोमै गाउँपालिकाको सेवा सहज रुपमा प्रवाह गर्ने उद्देश्यका साथ असोज ३१ गतेसम्म प्रत्येक वडाका टोलटोलमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ आश्विन २०७९, बुधबार ११:०१देवघाटधाममा श्राद्ध
तनहुँको पवित्र धार्मिक स्थल देवघाटधाममा पितृहरुको सम्झनामा श्राद्ध गर्दै सर्वसाधारण । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ आश्विन २०७९, मंगलवार ११:४९संविधान दिवसमा प्रभातफेरी
संविधान दिवसको अवसरमा सोमबार संविधान दिवस मूल समारोह समिति तनहुँले दमौलीमा निकालिएको प्रभातफेरीमा सहभागि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीहरु । तनहुँमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस