फाेटाे फिचर
-
३१ असार २०७९, शुक्रबार ११:२७सडक कालोपत्रे
तनहुँको भिमाद नगरपालिका-९ स्थित चिहानडाँडा मोहोरिया मोटरमार्ग कालोपत्रे हुँदै । गण्डकी प्रदेश सरकार र भिमाद नगरपालिकाको साझेदारीमा रु एक करोड ३० लाखको लागतमा मोटरमार्ग कालोपत्रे गरिएको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० असार २०७९, बिहीबार ११:४०भानु जयन्तीमा रोपाइजात्रा
२०९औं भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका-४ चुँदीरम्घामा बुधबार आयोजना गरिएको कार्यक्रममा रोपाइजात्रा देखाउँदै स्थानीय । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले चुँदीरम्घामा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जन्यती मनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० असार २०७९, बिहीबार ११:२५जिविकोपार्जनमा सहयोग
तनहुँको बन्दिपुर गाउँपालिकाको पशुपंक्षी बिकास शाखाबाट लक्षित वर्ग कार्यक्रम अन्तरगत विपन्न समुदायलाई जिविकोपार्जनमा टेवा पुर्याउने लक्ष्यका साथ सुंगुर र बाख्रा पालनको लागि सहयोग रकम वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ असार २०७९, मंगलवार ११:४१कसिंगर मुक्त बन्दिपुर
तनहुँको पर्यटकीय नगरी बन्दिपुरको टुडिखेलमा सरसफाई गर्दै स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु । टुडिखेल टोल बिकास संस्थाको सक्रियतामा टुडिखेल क्षेत्रलाई सफा राख्नका लागि ‘कसिंगर मुक्त बन्दिपुर’ अभियान चलाएर सरसफाई कार्यक्रम गर्न थालिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ असार २०७९, सोमबार ११:३४स्वास्थ्यका लागि योग
तनहुँको व्यास नगरपालिका-४ स्थित विर्ता टोल विकास संस्था र पतञ्जली योग विज्ञान शिविर, पतञ्जली योग समिति तनहुँले संयुक्त रुपमा सञ्चालन गरेको योग शिविमा योगा गर्दै स्थानीय । स्थानीय रामज्योती बोर्डिङ स्कूल प्राङ्गणमा आइतबारबाट सुरु गरिएको योग कार्यक्रम दश दिनसम्म सञ्चालन गरिने भएको छ । तस्विर…
पुरा पढ्नुहोस -
२६ असार २०७९, आईतवार १२:१२स्वास्थ्य स्वयंसेविकाहरु
तनहुँको भानु नगरपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु प्रोत्साहन भत्ता रकम बुझेपछि सामुहिक तस्विर खिचाउँदै । स्वयंसेविकाहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन भत्ता रकम उपलब्ध गराएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ असार २०७९, शुक्रबार ११:२८दुइ पालिका जोड्ने झोलुङ्गे पुल उद्घाटन
तनहुँको व्यास नगरपालिका-६ र म्याग्दे गाउँपालिका-७ जोड्ने साँगेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुन बुधबार संयुक्त रुपमा उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ । ४३ लाख १० हजार ६१ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको हो । तस्विर :…
पुरा पढ्नुहोस -
२३ असार २०७९, बिहीबार ११:२९स्वास्थ्य केन्द्रमा प्रयोगशाला
तनहुँको भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनमा ल्याइएको प्रयोगशाला । वडा कार्यालयको करिब ४ लाख रुपैयाँको लागतमा प्रयोगशाला बनाइएको हो । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०७९, बुधबार ११:२२तनहुँ कालिका मन्दिर
तनहुँको व्यास नगरपालिका-४ स्थित शहीद जंगल पार्कभित्र निर्माण गरिएको तनहुँ कालिका मन्दिर । करिब तीन करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस