फाेटाे फिचर
-
६ फाल्गुन २०७८, शुक्रबार ११:३२व्यवसायिक बाख्रा पालन
तनहुँको व्यास नगरपालिका-६ सुर्केमैदान, कृयापानीको शुभलक्ष्मी एग्रो फर्ममा पालिका बाख्रा । जिल्लाका युवाहरु पछिल्लो समय व्यवसायिक रुपमा उन्नतजातका बाख्रा पालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ फाल्गुन २०७८, शुक्रबार ११:२२ओखलमा धान कुट्दै वृद्धा
संखुवासभाको मकालु गाउँपालिका-३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा ढिकी वा ओखलमा धान कुट्नुपर्ने वाध्यता अहिले पनि छ । तस्बिर : भविन कार्की/रासस
पुरा पढ्नुहोस -
६ फाल्गुन २०७८, शुक्रबार ११:२०आलु खन्दै कृषक
तनहुँको शुक्लागण्डकी नगरपालिका-८, ढोरफिर्दी स्थित पाटनका कृषकहरु आलु खन्दै । वडा कार्यालयले पाटनलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरेपछि स्थानीय कृषकहरुले व्यवसायीक रुपमा आलुखेती गर्न थालेका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७८, बिहीबार १०:५०अदुवा भण्डारण
तनहुँको भिमाद नगरपालिका-६ लहरेनीमा ग्रामीण भेगबाट अदुवा खरिद गरी बिक्रीका लागि भण्डारण गर्दै स्थानीय व्यापारी । यहाँको अदुवा वीरगञ्ज, नवलपुरदेखि भारतसम्म बिक्रीवितरण हुने गरेको छ । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
५ फाल्गुन २०७८, बिहीबार १०:४१स्वागत नृत्य
अखिल नेपाल फुटबल संघ तनहुँ र युवा क्लव भिमादले भिमाद रंगशालामा आयोजना गरेको तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता-२०७८ शुभारम्भ समारोहमा सहभागि खेलाडी तथा अतिथिहरुलाई कौरा नृत्य प्रस्तुत गरी स्वागत गर्दै स्थानीय युवायुवती । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ फाल्गुन २०७८, बुधबार ११:०१तनहुँबाटै इ-पासपोर्ट
जिल्ला प्रशासन कार्यालय तनहुँबाट सेवाग्राहीलाई इ-पासपोर्ट प्रदान गर्दै एक कर्मचारी । जिल्लाबाटै इ-पासपोर्ट पाउने सुविधा भएपछि काठमाडौँ जाने जिल्लाबासीको समस्याको अन्त्य भएको छ । तस्विर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
३ फाल्गुन २०७८, मंगलवार ११:२६रैथाने बालीको बिऊ बैंक
तनहुँको भानु नगरपालिका-९ बाइसजागरस्थित सामुदायिक बिउ बैंक भवनमा संरक्षण गरी राखिएको रैथाने जातका विभिन्न प्रजातिका बिऊ । आयतित बिउबिजनको प्रयोग बढ्दा पछिल्लो समय रैथाने प्रजातिका बिउबिजन लोप हुन थालेपछि जैविक विविधता संरक्षण समितिले सामुदायिक बीउ बैंक स्थापना गरी विभिन्न बालिका १३० प्रजातिका बीउ उत्पादन, संरक्षण,…
पुरा पढ्नुहोस -
३ फाल्गुन २०७८, मंगलवार ११:२३सचेतना मुलक कार्यक्रम
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-१ डुम्रे बजारमा सडक दुर्घटना न्यूनिकरणका विषयमा सचेतना मुलक कार्यक्रम प्रस्तुत गर्दै प्रहरी । प्रहरी चौकी डुम्रे र ट्राफिक प्रहरी कार्यालय डुम्रेको संयोजन तथा प्रहरी नायब निरीक्षक बिरेन्द्र कुमार खड्काको नेतृत्वमा राजमार्ग तथा भित्री सडक खण्डमा सञ्चालन हुने सवारीसाधन, यात्रु तथा बजार…
पुरा पढ्नुहोस -
३ फाल्गुन २०७८, मंगलवार ११:२२विद्यालय खुलेपछि बालबालिका
कोरोना भाइरसको तेश्रो लहर समुदायस्तरमै फैलिएपछि बन्द भएको विद्यालय करिब एक महिनापछि खुल्ला भएपछि सोमबार पठनपाठनका लागि पुगेका तनहुँको भानु नगरपालिका-५ मैबलको सरस्वती सदन माध्यमिक विद्यालयका बालबालिकाहरु । आइतबारबाट तनहुँका सबै शिक्षण संस्थाहरुले भौतिक रुपमा पठनपाठन सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस