फाेटाे फिचर
-
५ माघ २०७८, बुधबार ११:१०भानुका कृषक आलु खेती गोड्दै
तनहुँको भानु नगरपालिका-८ का कृषकहरु आलु खेती गोडमेल गर्दै । यहाँका कृषकहरुले व्यवसायिक रुपमा आलु खेती गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०७८, सोमबार ११:५६निर्माणाधिन फेदीखोला पुल
तनहुँको भिमाद नगरपालिका-५ र रिसिङ गाउँपालिका-८ जोडिने रिसिङ पाटन स्थित फेदीखोलाको निर्माणाधिन मोटोरेवल पुल । पक्किपुल नहुँदा वर्षायाममा निकै कष्टकर यात्रा गर्दै आएका स्थानीयलाई सहज हुने भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०७८, सोमबार ११:४१देवघाटधाम क्षेत्रमा सरसफाई
पवित्र धार्मिक स्थल देवघाटधाममा माघेसंक्रान्ति पर्वका अवसरमा आएका भक्तजनबाट भएको फोहर सरसफाई गर्दै नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग देवघाटका कार्यकर्ता तथा स्थानीयहरु । देवघाट-५ भित्र पर्ने नेपालकै पवित्रधाम देवघाटको पुरानो झोलुङ्गे पुलको मुखदेखि हरिहर मार्ग, गलेश्वर मार्ग हुँदै बेनी संगम र नदीको किनार…
पुरा पढ्नुहोस -
२ माघ २०७८, आईतवार ११:४४तरुलको व्यापार
माघे संक्रान्ति पर्वका अवसरमा तनहुँको देवघाटमा तरुल, सखरखण्ड, केरा लगायतका कृषि उपजहरु बिक्री वितरण गरिदै । माघे संक्रान्ति पर्वमा तरुल, पिडाले, सखरखण्ड लगायतका कन्दमुल खाने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ माघ २०७८, शनिबार १२:४७पैदलयात्रा गरी देवघाटमा स्नानका लागि पुगेका भक्तजनलाई प्रवेश दिइयो (तस्विर सहित)
पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमण बढ्दै गएपछि तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा मकर स्नानका लागि आउने भक्तजनका लागि रोक लगाइएको थियो । स्थानीय प्रशासन तथा गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्मका लागि देवघाट क्षेत्रलाई शिल गरेपनि…
पुरा पढ्नुहोस -
३० पुष २०७८, शुक्रबार १०:५८हड्डीको सफल शल्यक्रिया
तनहुँको शुक्लागण्डकी-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको हड्डीको उपचार गर्दै चिकित्सक। केन्द्रका डा. विद्याभुषण ताम्राकार र डा रमेश घिमिरेले हड्डीको सफल शल्यक्रिया गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० पुष २०७८, शुक्रबार १०:५६बन्दिपुर गाउँपालिकाको दशौ अधिवेशन
तनहुँको बन्दिपुर गाउँपालिकाको दशैं अधिवेशनमा सहभागि कार्यपालिका सदस्यहरु । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले प्रारम्भ गरेको अधिवेशनमा विभिन्न ९ वटा विद्येयकहरु छलफलका लागि विधायन समितिका संयोजकले प्रस्तुत गरेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ पुष २०७८, बिहीबार ११:२१तपाइएको मास्क खोई
तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा सर्वसाधारणलाई मास्क वितरण गर्दै सुरक्षाकर्मीहरु । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र नागरिक स्तरबाट समेत मास्क नलागाई हिड्ने क्रम बढ्न थालेपछि सुरक्षाकर्मीहरुले तपाईको मास्क खोई अभियान सञ्चालन गरेका छन् । तस्विर : शिव कुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ पुष २०७८, बुधबार ०९:०७निर्वाचित भएको प्रमाणपत्र
नेकपा (एमाले) तनहुँको नवौं अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षमा निर्वाचित श्रीप्रसाद श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख निर्वाचिन अधिकृत शिवदत्त ढकाल । श्रेष्ठ सर्वसम्मत रुपमा जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस