फाेटाे फिचर
-
१७ माघ २०७८, सोमबार ११:१२तोरीसँगै टिकटक बनाउँदै पर्यटक
म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा परिचित छ । पर्यटकको भिड बढ्दै जाँदा तोरी खोतीमा क्षति पुगेको भन्दै स्थानीय प्रशासनले अहिले तोरीबारीमा जाना रोक लगाएको छ । तस्विर : खेमराज गौतम/रासस
पुरा पढ्नुहोस -
१६ माघ २०७८, आईतवार ११:१०भाइरल बनेको रोड र चौतारो
तनहुँको व्यास नगरपालिका-११ स्थित तनहुँसुरको एक चौतारो र सडकमा युवायुवती । सडक कालोपत्रे गर्ने क्रममा सडकको बीचमा रहेको चौतारो नहटाइएका कारण अहिले यो स्थान विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस्तै, यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु पुगेर टिकटक बनाउन थालेसंगै एकाएक चर्चित बन्दै गएको…
पुरा पढ्नुहोस -
१४ माघ २०७८, शुक्रबार १०:५८सहिदको शालिकमा माल्यार्पण
सहिद सप्ताहको अवसरमा तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित सहिदको शालिकमा माल्यार्पण गरिदै । राणा शासनविरुद्ध क्रान्तिको क्रममा बन्दिपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका छ सहिदको शालिकमा बिहीबार वडाध्यक्ष निरबहादुर खड्का, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायतले माल्यार्पण गरेका छन् । सहिद धर्मोत्तर सन्तधर्म…
पुरा पढ्नुहोस -
१२ माघ २०७८, बुधबार ११:२४शालीग्राम करिडोरमा नाला
शालीग्राम करिडोर अन्तरगत तनहुँको घिरिङ गाउँपालिका-४ गड्यौलीटार खण्डमा नाला निर्माण गरिदै । पवित्र धार्मिक स्थल देवघाट र मुस्ताङको मुक्तिनाथ मन्दिरलाई जोड्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा यो करिडोर निर्माण कार्यलाई अगाडि बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ माघ २०७८, बुधबार ११:२१बागलुङको भान्सा गाउ
बागलुङ नगरपालिका-६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ । तस्विर : रासस
पुरा पढ्नुहोस -
११ माघ २०७८, मंगलवार १२:१०कोरोना संक्रमितको उपचारका लागि तयारी
तनहुँका १० वटै पालिकाको लागत सहभागितामा दुलेगौंडा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको हाताभित्र निर्माण गरिएको कोभिड-१९ आइसोलेशन भवनको भेन्टिलेटर सहितको आइसोलेशन कक्षमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक उपकरणको जडान तथा औषधीहरुको व्यवस्थिापन गरी तायरी गर्दै केन्द्रका स्वास्थ्यकर्मीहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०७८, मंगलवार १२:०४बाख्रा फार्म अनुगमन
तनहुँको भिमाद नगरपालिका-४ स्थित बाख्रा फार्मको अवलोकन गर्दै भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र तनहुँका प्राविधिकहरु। केन्द्रले यो वडालाई बाख्रा ब्लकको रुपमा विकास गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०७८, मंगलवार ११:५८दमौली बजारका रुख काटियो (फोटोफिचर)
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख । मुग्लिङ-पोखरा सडक विस्तारका लागि अहिले सडक सिमा भित्र पर्ने रुख कटान कार्यलाई तीब्र पारिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० माघ २०७८, सोमबार १२:१३करेन्ट लागेर गिद्ध मरे
तनहुँको व्यास नगरपालिका-१० सिशुवा भतेरीमा करेन्ट लागेर विद्युतको पोलमा झुण्डिएको गिद्ध । नगरपालिकाले छाडा पसुचौपयालाई व्यवस्थित गर्न बनाएको गौशालामा सिनो खाना आउने गिद्धका लागि गौशलासंगै रहेको मिदिम हाइड्रोपावरको भोर्लेटार-दमौली विद्युत प्रशारण लाइन पासो थापे जस्तै बनेको छ । करेन्ट लागेर अहिलेसम्म यहाँ एक सयको हाराहारीमा…
पुरा पढ्नुहोस