फाेटाे फिचर
-
१ पुष २०७८, बिहीबार ११:२१मतदाता नामावली संकलन
भानु नगरपालिकाको वडा नं. १ मा बुधबार निर्वाचन प्रयोजनाका लागि फोटो सहितको मतदाता नामावली संकलन गरिदै । जिल्ला निर्वाचन कार्यालयले नगरपालिकासंग सहकार्य गरी आगामि पुष ९ गतेसम्म विभिन्न वडावडामा घुम्तिशिविर खडा गरी वडागत रुपमा मतदाता १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली संकलन गर्ने भएको…
पुरा पढ्नुहोस -
२९ मंसिर २०७८, बुधबार ११:४२उद्यमशिलता विकास कार्यक्रम
तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उद्यमशिलता विकास कार्यक्रममा सहभागिहरु र सहभागिहरुलाई कार्यक्रमका विषयमा जानकारी गराउँदै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना । वडा नं. ३ को वडा कार्यालयमा गाउँपालिकाले ‘स्थानीय श्रोत, साधनको सदुपयोग गरौं, सिप सिकौं आम्दानीमा वृद्धि गरौं…
पुरा पढ्नुहोस -
२९ मंसिर २०७८, बुधबार ११:३०महादेव मूर्ति अवलोकन गर्दै पर्यटक
पोखरा महानगरपालिका-२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्न आएका आन्तरिक पर्यटक । पोखरामा पर्यटकीय पूर्वाधार बन्ने क्रम बढीरहेको छ । तस्बिर : हरि बाँस्तोला/रासस
पुरा पढ्नुहोस -
२८ मंसिर २०७८, मंगलवार ११:२९फड्केबाट मादी नदी तर्दै
तनहुँको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी तर्न बनाइएको बाँसको फड्के । व्यास-५ को पाटन युवा क्लवले पाटनमा आयोजना गरेको महोत्सवमा जानेआउने सर्वसाधारणलाई सहजताका लागि निर्माण गरिएको भएपनि उक्त फड्के तर्न दश रुपैयाँ शुल्क लिने गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ मंसिर २०७८, मंगलवार ११:१६ताकम गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका-७ को ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रबेशबिन्दु हो । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
२८ मंसिर २०७८, मंगलवार ११:१३निर्माणाधीन पक्की पुल
पुष्पलाल मध्य पहाडी लोकमार्ग अन्तर्गत पोखराको याम्दीस्थित सेती नदीमाथि निर्माणाधीन पक्की पुल । तस्विर : हरि बास्तोला/रासस
पुरा पढ्नुहोस -
२७ मंसिर २०७८, सोमबार ११:३५मेशिनको प्रयोग गरी कोदो झार्दै
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका एक कृषक मेशिनको प्रयोग गरी कोदो झार्दै । कोदोको विऊ रोप्ने, पाकेपछि टिपेर चुट्नेसम्म युवा जनशक्तिको खाँचो पर्ने भएकाले पछिल्लो समय कोदो खेती घट्दै गएको छ । शहरी क्षेत्रमा कोदोको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रमा कोदो खेती गरिने पाखोबारि बाँझिदै जान…
पुरा पढ्नुहोस -
२६ मंसिर २०७८, आईतवार ११:५७बोटे समुदायले प्रयोग गर्ने सामाग्रि
तनहुँको व्यास-५ पाटनमा सञ्चालित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव २०७८ स्थलमा माछि कन्या बोटे समाजले राखेको बोटे समुदायले प्रयोग गर्ने परम्परागत माछा मार्ने जाल, फुर्लुङ, सुन चाल्ने डुँड लगायतका सामाग्रिहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ मंसिर २०७८, आईतवार ११:२६महोत्सवको व्यापार
पाटन युवा क्लवले तनहुँको व्यास-५ तल्लो पाटनमा शुक्रबारदेखि सञ्चालन गरेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव २०७८ मा जाडोका लागि न्यानो कपडा खरिद बिक्री गरिदै । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस