फाेटाे फिचर
-
११ कार्तिक २०७८, बिहीबार २०:१८बन्दिपुरको टुँडिखेलमा वाह्य पर्यटकको चहलपहल (फोटोफिचर)
तनहुँको पर्यटकीय नगरी बन्दिपुरस्थित टुँडिखेलबाट हिमालको दृश्यावलोकन गर्दै वाह्य पर्यटक । कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि बन्दिपुरमा वाह्य पर्यटकको आगमन सुरु भएसंगै पर्यटन व्यवसायीहरु उत्सावहित भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ कार्तिक २०७८, बिहीबार ११:१३पानी संकलन ट्याङ्की
तनहुँको भानु नगरपालिका-१३ को बाँसपानी, पयाँस्वारा, पोखरीछाप लगायतका गाउँका बासिन्दाको घरघरमा खानेपानी धारा पुर्याउने उद्देश्यका साथ निर्माण गरिएको लिफ्टप्रविधिको खानेपानी संकलन ट्याङ्की । तीन वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने मिर्लुङ-सतिस्वारा खानेपानी आयोजना अहिलेसम्म सञ्चालन नहुँदा निर्माण गरिएको ट्याङ्की, पाइपलाइन टुट्फुट हुन थालेका छन् । तस्विर…
पुरा पढ्नुहोस -
११ कार्तिक २०७८, बिहीबार ११:०९धान काट्दै महिला
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीमा धान काट्दै महिला । असारमा लगाइएको धान पाक्न थालेपछि धान काट्न सुरु गरिएको छ । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
११ कार्तिक २०७८, बिहीबार ११:०७गुरुङ समुदायको छ्याडु नाच
तनहुँको दमौली स्थित ब्यास नगर तमु सुधार समाज तनहुँद्वारा आयोजित छ्याडु नाच कार्यक्रममा नाँच्दै गरेका गुरुङ समुदायका पुरुषहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० कार्तिक २०७८, बुधबार ११:०५हिमालको काँखमा कोदोबाली
कास्कीको माछापुच्छ्र्रे गाउँपालिका-७, धम्पुसमा पाक्दै गरेको कोदोबाली । पछिल्लो समय आमनागरिकको आकर्षण कोदोको ढिंडो, रोटीजस्ता परिकारमा बढदै गएको छ । तस्बिर : राधिका कँडेल/रासस
पुरा पढ्नुहोस -
६ कार्तिक २०७८, शनिबार १२:१२गाउँको उत्पादन बजारमा तर, बसेर बेच्न ठाउँ छैन
तनहुँको ग्रामीण क्षेत्रमा उत्पादित केरा, अदुवा, साग, बोडी लगायतका कृषि उपज दमौली बजारमा बिक्री वितरणका लागि डोको र डालोमा बेकेर हिड्दै महिलाहरु । दमौलीमा व्यवस्थित हाटबजार नहुँदा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपज बजार क्षेत्रमा बिक्री वितरणका बोकेर हिड्नुपर्ने बाध्यता छ । तस्विर :…
पुरा पढ्नुहोस -
६ कार्तिक २०७८, शनिबार १२:०५महिलाको काँधमा शव
तनहुँको व्यास नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फजाँदै आश्रम सञ्चालक महिलाहरु । आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ कार्तिक २०७८, शुक्रबार १०:४३पर्यटकीय गाउँ गुरुङ बस्ती
कास्कीको घान्द्रुक गाउँपालिकामा अवस्थित गुरुङ बस्ती । स्वदेशी तथा विदेशी पर्यटक यहाँ घरवासका लागि र माछापुच्छ्रे हेर्न आउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस -
५ कार्तिक २०७८, शुक्रबार १०:४२कृषकलाई व्याड बोका
तनहुँको ब्यास नगरपालिका-७ का अगुवा बाख्रा पालक कृषकहरुलाई बोयरजातको ब्याड बोका बितरण गर्दै वडाध्यक्ष शतिस न्यौपाने । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस