फाेटाे फिचर
-
२३ भाद्र २०७८, बुधबार ११:०४विद्यालयबाट घर फर्कदै विद्यार्थी
तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीहरु पठनपाठन सकेपछि घर तर्फ फर्कदै । विद्यार्थी संख्या धेरै भएका कारण विद्यालयले जोरविजोरका आधारमा विद्यार्थीहरुलाई सहभागि गराइ प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ भाद्र २०७८, बुधबार १०:४३निजामती सेवा दिवसमा सरसफाई
१८औं निजामती सेवा दिवसको अवसरमा कार्यालय प्राङ्गणमा सरसफाई गर्दै भिमाद नगरपालिकाका कर्मचारीहरु। ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुसासन’ भन्ने मूल नाराका साथ तनहुँका १० पालिका तथा विभिन्न विषयगत कार्यालयका कर्मचारीहरुले सरसफाई, वृक्षारोपण तथा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान लगायतका कार्यक्रम गरेका…
पुरा पढ्नुहोस -
२३ भाद्र २०७८, बुधबार १०:४२बाढीपहिरो पीडित चेपाङलाई जस्तापाता
तनहुँका बन्दिपुर गाउँपालिका वडा नं. १ र ३ का बाढीपहिरो पीडित चेपाङ समुदायलाई जस्तापाता वितरण गरिदै । असल छिमेकी नेपालले गाउँपालिका मार्फत बाढीपहिरो पीडित चेपालङ समुदायलाई ३ बण्डल जस्तापाता, १ पाता प्लेन पत्ता र काटी लगायतका सामाग्री उपलब्ध गराएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ भाद्र २०७८, मंगलवार ११:३७बन्दिपुर गाउँपालिका : पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न चन्द्रकोट गढीमा कार्यपालिका बैठक
पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुरलाई थप व्यवस्थित र आकर्षक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागि परेको छ । बन्दिपुर बजार क्षेत्र क्षेत्रमा सिमिति रहेको पर्यटकीय गतिविधिलाई गाउँपालिकाका अन्य क्षेत्रमा समेत पुर्याउने गरी कार्यक्रमहरु अगाडि बढाइएको छ । गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेका गन्तव्यको पहिचान तथा…
पुरा पढ्नुहोस -
२२ भाद्र २०७८, मंगलवार ११:१७परीक्षार्थीलाई कोरोना विरुद्धको खोप
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ को आधारभूत स्वास्थ्य केन्द्र वेलचौतारामा सञ्चालन गरिएको खोप कार्यक्रममा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीहरू कोरोना विरुद्धको खोप लगाउन नाम दर्ता गराउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ भाद्र २०७८, सोमबार ११:३५नियमित पठनपाठन
तनहुँको दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु कक्षाकोठामा पठनपाठन गर्दै । तनहुँका पालिकाहरुले कोरोना संक्रमण जोखिमका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक रुपमा पठनपाठन शुरु गराएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ भाद्र २०७८, सोमबार ११:०९बुद्ध सिंह मार्गको पहिरो हटाइदै
तनहुँको दमौली-घुमाउने जोड्ने बुद्ध सिंह मोटर मार्गको पहिरो हटाइदै । पहिरोका कारण १० दिनेदेखि अवरुद्ध योमार्गको पहिरो शनिबारबाट हटाउन सुरु गरिएको छ । यो मार्गमा गएको पहिरो हटाएर पूर्ण रुपमा सञ्चालन गर्न करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ भाद्र २०७८, सोमबार ११:०७मकै थन्काउँदै
तनहुँको ऋषिङ गाउँपालिका-७ पुरन्थोकका वृद्धवृद्धा पाखो बारीमा पाकेको मकै घरमा ल्याई थन्काउने तयारी गर्दै । तस्विर ; बसन्ती मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० भाद्र २०७८, आईतवार ११:१०ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी
तनहुँको ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु सदरमुकाम दमौलीबाट खोप तथा औषधीहरु लिएर गन्तव्य तर्फ जाँदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस