फाेटाे फिचर
-
१५ आश्विन २०७८, शुक्रबार ११:१६मलेरिया परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोलामा सर्वसाधारणको मलेरिया परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ आश्विन २०७८, शुक्रबार ११:१४हरियो मकैको व्यापार
तनहुँको दमौली बजारमा बनेपाबाट ल्याइएको हरियो मकै पोलेर बिक्री वितरण गर्दै एक युवा । प्रति घोगा ३० रुपैयाँमा बिक्री वितरण हुने गरेको व्यापारी बताउँछन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ आश्विन २०७८, बिहीबार ११:३४नागरिकको घर दैलोमै स्वास्थ्य परीक्षण
तनहुँको बन्दिपुर गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको नागरिकको दैलोमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा स्वास्थ्य परीक्षणका लागि सहभागि ८४ वर्षीया वृद्धा । गाउँपालिकाको वडा नं. २ कुकुर्दी आधारभूत स्वास्थ्य केन्द्रमा बुधबार सञ्चालन गरिएको स्वास्य परीक्षण कार्यक्रममा ५४ जनाले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख अञ्जीर भट्टराइले बताए…
पुरा पढ्नुहोस -
१४ आश्विन २०७८, बिहीबार ११:१४प्राविधिकहरुलाई तालिम
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले स्थानीय तहमा कार्यरत प्राविधिकहरुलाई रोगहरुको नमुना संकलन तथा प्रेषण सम्बन्धी तीन दिन तालिममा सहभागि प्राविधिकहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ आश्विन २०७८, बिहीबार ११:११परम्परागत खानेपानी कुवा संरक्षण (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ पयाँस्वारा स्थित सतिपानीको कुवा र पँधेरा मर्मतर सुधार गरी संरक्षण तथा सरसफाईमा जुटेका स्थानीय उपभोक्ताहरु । यस कुवा भन्दा माथिबाट मोटरबाटो खनिएपछि ऐतिहासिक महत्व बोकेको परम्परागत खानेपानी कुवा पहिरोको जोखिममा परेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ आश्विन २०७८, बुधबार ११:२४भेंडाको ऊनबाट धागो बनाइँदै
म्याग्दीको धवलागिरि गाउँपालिका-५ का बासिन्दा भेंडाकोको ऊनबाट धागो बनाउँदै । यसरी बनाइएको धागोबाट काम्लो, हरडुब्लो, राडीपाखी बनाइन्छ । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
१३ आश्विन २०७८, बुधबार ११:२२निर्माणाधिन तनहुँ जलविद्युत आयोजना
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन १४० मेगावट क्षेमताको तनहुँ जलविद्युत आयोजनाको टनेल निर्माण गर्दै प्राविधिक तथा मजदुरहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ आश्विन २०७८, मंगलवार १२:३४खानेपानीको स्रोत संरक्षणमा श्रमदान
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको पयास्वाँरा स्थित सतिपानी पँधेरो पहिरोको जोखिममा परेपछि परम्परागत खानेपानीको स्रोत संरक्षणका लागि श्रमदानमा जुटेका स्थानीय उपभोक्ताहरु । परम्परागत कुँवा र पँधेरा पहिरोका कारण नासिने खतरा बढेपछि वैदेशीक रोजगारी तथा जन्मथलोबाट टाँढा रहेकाहरु आर्थिक सहयोग उपलब्ध गराएपछि स्थानीय खानेपानीको श्रोत संरक्षणमा जुटेका…
पुरा पढ्नुहोस -
१२ आश्विन २०७८, मंगलवार १२:१४दलित तथा अल्पासंख्यक परिवारलाई फिल्टर
तनहुँको देवघाट गाउँपालिका-५ की एक महिलालाई फिल्टर प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा । विभिन्न दाताको सहयोगमा उक्त वडाका २५४ दलित तथा अल्पसंख्यक समुदायलाई शुद्ध पानी उपयोग गर्नका लागि फिल्टर प्रदान गरिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस