फाेटाे फिचर
-
४ श्रावण २०७८, सोमबार ११:१४कृषकलाई हाते ट्रयाक्टर
कृषि क्षेत्रलाई प्रविधियुक्त बनाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई उपलब्ध गराएको हाते ट्याक्टर । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ श्रावण २०७८, आईतवार ११:१३सडक भासिएपछि एकतर्फी सञ्चालन
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी-मुग्लिन खण्डको आँबुखैरेनी-४ पावर हाउस नजिक शनिबार बिहान भासिएको सडक । सडक भासिएपछि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय तनहुँ/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ श्रावण २०७८, आईतवार ११:००पहिरोले पुर्याएको क्षति अनुगमन
तनहुँको बन्दिपुर गाउँपालिका-४ लोहीमा पहिरोले क्षत्रि्रस्त बनाएको घरको अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । अविरल झरीसंगै आएको बाढीपहिरोले गाउँपालिका ठूलो क्षति पुर्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ श्रावण २०७८, शुक्रबार १२:००घरआँगनमै खानेपानीको धारा
तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडाका बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारामा पानी भर्दै एक महिला । गाउँपालिकाले एक घर एक धारा अभियान चलाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ श्रावण २०७८, शुक्रबार ११:४४आयआर्जनका लागि बाख्रा
तनहुँको भिमाद नगरपालिकाको विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिका परिवारलाई बाख्रा वितरण गरिंदै । ‘ग’ र ‘घ’ वर्गको कार्ड प्राप्त गर्ने ३७ जनालाई आयआर्जनका लागि नगरपालिकाले बाख्रा वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ श्रावण २०७८, शुक्रबार ११:४२एक घर एक धारा कार्यक्रम
तनहुँको ऋषिङ गाउँपालिका-४ थप्रेकमा एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ । गाउँपालिकाले प्रत्येक घरमा खानेपानी धारा पुर्याउने अभियान चलाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ असार २०७८, बिहीबार १२:००महिला स्वास्थ्यकर्मीहरुको बिदाई
तनहुँको व्यास नगरपालिकाकामा कार्यरत ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्यकर्मीहरुको बुधबार सम्मानपूर्वक विदाई गरिदै । तनहुँको व्यास नगरपालिकाकामा कार्यरत ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्यकर्मीहरुको बुधबार सम्मानपूर्वक विदाई गरिदै । नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी, प्रवक्ता मोहनकुमार श्रेष्ठले १४ जना महिला स्वास्थ्यकर्मीलाई दोसल्ला, प्रशंसापत्र…
पुरा पढ्नुहोस -
३० असार २०७८, बुधबार १२:२३स्वास्थ्य इकाइमा रक्तचाप परीक्षण
तनहुँको घिरिङ गाउँपालिका-२ भोरकोटमा सञ्चालनमा आएको स्वास्थ्य इकाइमा रक्तचाप परीक्षण गराउँदै स्थानीय । गाउँपालिकाले भोरकोट र बल्छीगौडामा स्वास्थ्य इकाइ स्थापना गरेसंगै ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० असार २०७८, बुधबार १२:१७सोलार प्यानल
तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा सौर्य विद्युत आयोजनामा जडान गरिएका सोलार प्यानल । आयोजनाले भदौ १५ सम्म पाँच मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने तयारी गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस