फाेटाे फिचर
-
२४ असार २०८२, मंगलवार १५:११खोज र नष्ट गर अभियान
वर्षायामसंगै डेङ्गु संक्रमणको जोखिम बढ्दै गएपछि बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा रहेका ग्यारेज तथा अन्यत्र राखिएको टायरमा जमेको पानी फाल्न, पानी जम्न नदिन सचेत गराउनुका साथै डेङ्गु सार्ने लामखुट्टे लार्भा खोज र नष्ट गर अभियानमा सहभागिहरु । प्रदेश स्वास्थ्य कार्यालय तनहुँ र वडा अध्यक्ष शिवकुमार…
पुरा पढ्नुहोस -
२४ असार २०८२, मंगलवार १५:०२व्यास र ऋषिङ जोड्ने पुल
तनहुँको व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मादी नदीमाथि निर्माणाधिन पक्कि पुल । पुल निर्माण सम्पन्न पश्चात ऋषिङको काहुँशिवपर लगायतका ग्रामीण क्षेत्रका बासिन्दालाई दमौली बजार आउन सहज हुनेछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ असार २०८२, सोमबार १३:००असारे धानको विऊ रोपाईको तयारी
तनहुँको भिमाद नगरपालिका–१ स्थित डुम्रेबेसीका कृषकहरु खेतमा असारे धानको रोपाईका लागि गोरुको प्रयोग गरी हिलो सम्याउन साउँदै । ग्रामीण क्षेत्रमा कृषि कर्मका लागि गोरु तथा काठबाट निर्मित कृषि औजारको प्रयोग गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ असार २०८२, आईतवार १२:४१व्यास–गंगा आराती
दमौलीस्थित मादी–सेती नदीको संगमस्थलमा व्यास–गंगा आराती गरिदै । व्यास क्षेत्रको धार्मिक प्रचारप्रसार एवं वैदिक सनातन धर्मको रक्षा गर्ने उद्देश्यले वेदानुयायी प्रतिष्ठान नेपालले व्यास गुफा परिसरमा प्रत्येक साँझ व्यास–गंगा आराती गर्दै आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० असार २०८२, शुक्रबार १२:२७हर्षपुर गाउँ
तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरस्थित सामुदायिक होमस्टे । सदरमुकाम दमौलीबाट नजिकै रहेको यो होमस्टे आन्तरिक पाहुनाको रोजाइ बन्दै गएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१९ असार २०८२, बिहीबार १२:०८बिरामीलाई फलफूल
पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा बुधबार बिरामीलाई फलफूल वितरण गरिँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ असार २०८२, मंगलवार १३:००व्याडमा बिऊ उखेल्दै खेताला
तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित कुडुले खेतमा रोपाइका लागि ब्याडमा धानको विऊ उखेल्दै खेतालाहरु । आकाशे पानीको भरमा रोपाई हुने यस क्षेत्रमा प्रयाप्त वर्षा नहुँदा राम्रोसंग खेतमा रोपाइ हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ असार २०८२, सोमबार १६:०६विरुवा रोप्ने सिजन
डिभिजन वन कार्यालय तनहुँमा उत्पादन गरिएका विभिन्न प्रजातिका विरुवा लिन आएका सर्वसाधारणहरु। कार्यालयले विभिन्न प्रजातिका विरुवा उत्पादन गरी सर्वसाधारणलाई निःशुल्क वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ असार २०८२, आईतवार १२:३४पाकेको खेती थन्काउने चटारो
तनहुँको बन्दीपुर गाउँपालिका–२ देविथान ढापमा रोपिएको चैते धान पाकेपछि थन्काउनका लागि काट्दै गरेका कृषकहरु । चैते धाने भित्र्याएसंगै कृषकहरुले पुनः यहाँ असारे धानको विऊ रोप्ने गर्दछन् । प्रयाप्त वर्षा नहुँदा आज १५ असारसम्म पनि तनहुँमा राम्रोसंग रोपाइ हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस