फाेटाे फिचर
-
२२ बैशाख २०८२, सोमबार ११:५६ह्वील चियार सहयोग
प्रदेश आयुर्वेद चिकित्सालयलाई लायन्स क्लव अफ तनहुँ दमौलीका पदाधिकारीहरु आइतबार ह्वील चियर हस्तान्तरण गर्दै । क्लवले वृद्धवृद्धा तथा सहज रुपमा हिड्डुल गर्न नसक्नेलाई उपचार सेवा लिन सहज बनाउने उद्दश्यले क्लवले ह्वील चियर उपलब्ध गराएको चिकित्सालयका वरिष्ठ कविराज शम्भु चपागाईले बताए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०८२, सोमबार ११:५३गोलभेडा बजार पठाउने तयारी
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ की तारा अधिकारी आफ्नो बारीमा उत्पादन भएको गोलभेडा पाकेपछि टिपेर बजार पठाउने तयारी गर्दै । उनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने सफल कृषक हुन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८२, आईतवार १२:३५हाटबजारमा तरकारी खरिदबिक्री
तनहुँको भानु नगरपालिकाले वडा नं. २ स्थित नारेश्वरटारमा सञ्चालनमा ल्याएको शनिबारे कृषि हाटबजारमा तरकारी खरिद बिक्री गर्दै स्थानीय । नगरपालिकाले स्थानीय कृषि उपजलाई बजारीकरण गर्ने उद्देश्यले प्रत्येक हप्ता शनिबार कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ बैशाख २०८२, शुक्रबार १२:१६कुमाल समुदायको पाउँदुरे नाच
संस्कृति संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय तनहुँको सहयोगमा कुमाल समुदायले आयोजना गरेको ‘कुमाल समुदायको मौलिक संस्कृति पाउँदुरे नाँच पुस्ता हस्तान्तरण” कार्यक्रममा पाउँदुरे नाच प्रस्तुत गरिदै । यो नाँचलाई प्रवद्र्धन गर्न व्यास नगरपालिका–९ कलेस्तीमा ७ दिने कार्यक्रम सञ्चालन गरिएको थियो ।…
पुरा पढ्नुहोस -
१८ बैशाख २०८२, बिहीबार १२:५७अचार बनाउने तालिम
तनहुँको भानु नगरपालिकामा सञ्चालित अचार बनाउने तालिममा सहभागी स्थानीय महिला । भानु नगर उद्योग वाणिज्य संघ महिला उद्यमी समिति र पर्यटन उद्योग कार्यालय दमौलीको आयोजनामा महिलालाई आत्मनिर्भर बनाउन पाँच दिने तालिम आयोजना गरिएको हो । तालिममा मुला, गाजर, करेला, मासु, गुन्द्रुक, टिमुर, रुख कटहर, केरा…
पुरा पढ्नुहोस -
१७ बैशाख २०८२, बुधबार १२:१६रेशम किरा खेती
तनहुँको बन्दीपुरस्थित व्यवसायिक कीट विकास केन्द्रमा पाँचौ स्टेजमा पुगेका रेशम किरा देखाउँदै कार्यालयका निमित्त प्रमुख भवनाथ देवकोटा । कृषकहरुले व्यवसायिक रुपमा किरा खेती नगरेपनि कार्यालयले प्रदर्शनीका रुपमा रेशम किराबाट कोकुन उत्पादन गर्ने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ बैशाख २०८२, बुधबार १२:०९सुनौलो हजार दिनका आमाहरु
तनहुँको ऋषिङ गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा सहभागि भएका स्थानीय महिला र बालबालिका । गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाई र काहुँशिवपुर स्वास्थ्य चौकीले मंगलबार आमा समुहमा सुनौलो हजार दिनका आमाहरूलाई पोषण विशेष अभिमुखिकरण कार्यक्रम गरेका थिए । कार्यक्रममा…
पुरा पढ्नुहोस -
१७ बैशाख २०८२, बुधबार १२:०६कुलुङ्ग खोलामा माछा मार्दै
तनहुँको भिमान नगरापलिका–१ को डुम्रीबेसीस्थित कुलुङ्ग खोलामा पानी सकुेपछि माछा मार्दै स्थानीयहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०८२, मंगलवार ११:४१बन्दीपुरमा पर्यटक
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर बजारमा सोमबार दिउँसो देखिएको वाह्य पर्यटकको चहलपहल । बन्दीपुर भ्रमण वर्ष–२०२५ सञ्चालनसंगै आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस