मनसुन पूर्व तयारी सचेतना

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका विद्यार्थीलाई मनसुन पूर्व तयारी सचेतनामूमलक कार्यक्रम गर्दै व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)का प्रतिनिधिहरु । सेती नदी किनारमा अवस्थित यस विद्यालयका विद्यार्थीहरुलाई कालीभञ्जन गणले कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरुलाई नदीमा अचानक आउने बाढीबाट के–कसरी सुरक्षित हुने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम गरेको थियो । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ