फाेटाे फिचर
-
२५ चैत्र २०८१, मंगलवार ०९:५९ऐनापहरा पार्क (उद्यान)मा आन्तरिक पर्यटक
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा पार्क (उद्यान)मा सोमबार पुगेका आन्तरिक पर्यटक । पृथ्वी राजमार्गसँगै जोडिएको यो उद्यान पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ चैत्र २०८१, सोमबार १०:५५दमौलीको भोर्लेटारचोक
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित भोर्लेटारचोक । मुग्लिन–पोखरा सडक विस्तार योजना पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)ले दमौली बजार खण्डमा सडक विस्तार कार्यलाई तीब्रता दिंदै लगेको छ । योजनाले दमौली बजार खण्डमा सर्भिसलेन सहितको छ लेनको सडक विस्तार गर्दैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० चैत्र २०८१, बिहीबार ११:१६आस्था र विश्वासको धरोहर ढोरबाराही मन्दिर
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको ढोरबाराही मन्दिर । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण तीर्थस्थलको रूपमा रहेको यस मन्दिरमा वर्षैभरी दर्शनार्थीको घुइँचो लागिरहन्छ । मन्दिरसम्म पुग्नका लागि सहज सडक, जंगलको बीचमा हरियाली वातावरणमा रहेको यस मन्दिरलाई नगरपालिकाले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको छ । मन्दिरसंगै…
पुरा पढ्नुहोस -
२० चैत्र २०८१, बिहीबार ११:०९बन्दीपुरको चिनो
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका आन्तरिक पर्यटक बन्दीपुर बजारमा सम्झनाका लागि तस्विर खिचाउँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ चैत्र २०८१, बुधबार १०:१०सम्झौताको दशक बित्यो, बनेन पुल
तनहुँको आँबुखैरेनी–५ र चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशुली नदीमाथि अलपत्र अवस्थामा रहेको पुल । वि.सं. २०७१ असारमा तीन वर्ष भित्र पुल निर्माण कार्य सक्ने गरी सम्झौता भएपनि हालसम्म दुबैतर्फ पुलको पिल्लर बाहेक अन्य काम हुन सकेको छैन । पुल निर्माणकार्य अलपत्र भएपछि स्थानीय उपभोक्ताले…
पुरा पढ्नुहोस -
१८ चैत्र २०८१, मंगलवार ११:०२पृथ्वीराजमार्गमा पुल निर्माण कार्य
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ र शुक्लागण्डकी नगरपालिका–७ शेराटार जोड्ने कुम्लेखोलामा निर्माण हुँदै गरेको पक्की पुल । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत विभिन्न ठाउँमा पुल निर्माण कार्य भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१८ चैत्र २०८१, मंगलवार ११:००आधुनिक खोरमा बाख्रा पालन
तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ स्थित एक कृषकले आधुनिक खोर निर्माण गरी व्यवसायिक रुपमा बाख्रापालन गर्दै । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले वडा नं. ५ का विभिन्न पशुपालक कृषकहरुको बाख्रा खोर, पशु चौपाएको गोठको स्थलगत अनुगमन गरी कृषकको समस्याको सहजिकरण गरेका थिए ।…
पुरा पढ्नुहोस -
१७ चैत्र २०८१, सोमबार ११:३०बन्दीपुर र भानु जोड्ने पक्कीपुल
तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ लाई जोड्ने गरी चुँदी खोलामा पक्की पुल निर्माण गरिदै । ४० मिटर लामो उक्त पुल भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट विनियोजित १० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
१६ चैत्र २०८१, आईतवार ११:३७मकै खेतीलाई मल
तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङका कृषकहरु मकै खेतीका लागि गाईवस्तुको मल बोकेर बारीमा जाँदै । पाखो बारीमा मकै खेतीका लागि कृषकहरु खनजोत तथा मल हाल्नमा व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस