फाेटाे फिचर
-
८ चैत्र २०८१, शनिबार १३:५१धार्मिक तीर्थस्थल
तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही माईको मन्दिरमा आएका भक्तजनहरु । पछिल्लो समय यो मन्दिर धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ चैत्र २०८१, शुक्रबार १२:५०मस्र्याङ्दी जलाशयसँगै फराकिलो चिटिक्क सडक
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्ड तनहुँको मार्कीचोक क्षेत्रको चार लेनको फराकिलो चिटिक्क कालोपत्र सडक । पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)मा सडक विस्तार कार्य करिब ८१ प्रतिशत भौतिक प्रगति भएको योजनाले जनाएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
७ चैत्र २०८१, शुक्रबार १२:४५झाङ्गाझोलीमा मनकामना मन्दिर
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोलीमा निर्माण गरिएको मनकामना मन्दिर । पार्कसहितको यस ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ चैत्र २०८१, शुक्रबार १२:४२एसइई परीक्षा दिंदै गुरुकुलका विद्यार्थी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षण नियन्त्रण कार्यालयले विहीबारबाट सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागि भएका तनहुँको देवघाट गाउँपलिका रहेका विभिन्न गुरुकुल र विद्यालयका छात्रछात्राहरु । गाउँपालिकामा कायम गरिएको एकमात्र परीक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठबाट ३२१ जना विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ । तस्विर…
पुरा पढ्नुहोस -
६ चैत्र २०८१, बिहीबार ११:२७पुल निर्माणले गतिलिंदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेस्थित पिप्ले खोलामा पक्कि पुल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग विस्तारकाक्रममा खोला खोल्साहरुमा पुल निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ चैत्र २०८१, बुधबार १२:१४चैतेधान रोपाईको चटारो
तनहुँको व्यास नगरपालिकाको घाँसीकुवास्थित मुसेखोलामा चैतेधानको विऊ रोप्दै कृषकहरु । सिंचाई सुविधा भएका खेतमा यतिबेला कृषकहरु चैतेधान रपाईमा व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ चैत्र २०८१, बुधबार १२:०१बन्दीपुरमा पर्यटकको चहलपहल
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका पर्यटकहरु । पछिल्लो समय बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आवगमन बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ चैत्र २०८१, मंगलवार ११:४६खैरेनीटार खण्डमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित भिमाद चोक खण्डमा सडक सीमा भित्र रहेका घर टहरा हटाएर सडक विस्तार गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजना पश्चिम खण्ड (जामुने–पोखरा)मा निर्माण व्यवसायिले सडक विस्तार कार्यलाई तीब्रता दिएको छ । यो क्षेत्रमा विद्युत पोल स्थान्तरण नगरिदा सडक विस्तारमा सास्या…
पुरा पढ्नुहोस -
४ चैत्र २०८१, मंगलवार ११:३९दुना टपारी उत्पादन
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित अरिदेब नेवा मिसा पुच दुलेगौंडाले मेसिनबाट निर्माण गरेको दुना टपरी। उत्पादित दुना टापरीको नगरपालिकाको कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतको टोलीले अनुगमन गरी व्यवसायिक रुपमा उत्पादन र बजारीकरणमा सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस