फाेटाे फिचर
-
४ चैत्र २०८१, मंगलवार ११:३६घुम्ती शिविरमा सेवाग्राही
तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं. ५ मा सोमबार सञ्चालन गरेको घुम्ती शिविरमा सेवा लिन लाम्वद्ध स्थानीय सेवाग्राही । गाउँपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ्य घुम्ति शिविर सञ्चालन गरी कृषकहरुको पशुचौपायमा देखिएको रोग तथा समस्याको सहजिकरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ चैत्र २०८१, सोमबार ११:२८लोपको संघारमा पुगेको ढिकी
तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङको एक घरमा रहेको ढिकी । विशेष गरी ग्रामीण क्षेत्रमा कुटनीपिसनीमा प्रयोग गरिने ढिकी जातो बढ्दो आधुनिकताका कारण लोपको संघारमा पुगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०८१, आईतवार १२:५४मैले उत्पादन गरेको आलु
तनहुँको आँवुखैरेनी–१ ग्रिनचौरकी एक वृद्धा आफ्नो खेतमा उत्पादन भएको आलु थन्काउनका लागि खन्दै । यहाँका कृषकहरुले व्यवसायिक रुपमा समेत आलुखेती गर्दै आएका छन् । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०८१, आईतवार १२:४९महोत्सवमा हस्तकला प्रदर्शनी
तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव स्थलमा राखिएका हस्तकलाका सामाग्रि । पछिल्लो समय हस्तकलाका सामाग्रिहरु घरायसी तथा सजावटका रुपमा प्रयोग हुने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०८१, आईतवार १२:४८साँस्कृतिक विधामा प्रथम भएका छात्रा
तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ मा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुन सफल बन्दीपुर–१ डुम्रेस्थ्ति दीपशिखा स्कुलका छात्राहरु । उक्त प्रतियोगितामा भानु–२ नारेश्वटारको होरालो मावि द्धितीय, फिसटेल स्कुल तृतीय र मनास्लु स्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । तस्विर…
पुरा पढ्नुहोस -
३० फाल्गुन २०८१, शुक्रबार १२:४१महोत्सवमा विज्ञान प्रदर्शनी
तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सव स्थलमा दीपशिखा बन्दीपुर इन्गिलिस बोर्डिङ स्कूलले राखेको विज्ञान प्रदर्शनी । प्रदर्शनीमा विद्यालय तहमा विद्यार्थीलाई विज्ञान विषय पठनपाठन गराउन आवश्यक पर्ने तथा विद्यार्थीहरुले तयार गरेका विज्ञानका सामाग्रि प्रदर्शनीमा राखिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०८१, बिहीबार १७:३४दमौलीमा फागु पूर्णिमा (होली) पर्वको रौनक (फोटोफिचर)
तनहुँ : आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाइदै छ । तनहुँको सदरमुकाम दमौली लगायत जिल्लाका बजार तथा ग्रामीण क्षेत्रमा एक आपसमा रङ लगाएर फागुपूर्णीमा पर्व हर्षोउल्लासका साथ मनाइएको छ । दमौलीमा रोट्रयाक्ट क्लव दमौलीले होली विशेष कार्यक्रम आयोजना गरी…
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०८१, बिहीबार १३:५२मधुमेह सम्बन्धी सचेतना
तनहुँको ऋषिङ गाउँपालिका–७ अर्खलछापमा गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको मधुमेह र यसले आँखामा गर्ने असर, नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागि भएका स्थानीय र सहजिकरण गर्दै स्वास्थ्यकर्मी । नसर्ने रोग न्यूनिकरणका लागि गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । तस्विर :…
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०८१, बुधबार ११:००कोदोको सेल रोटी
तनहुँको डुम्रेमा जारी चौथो डुम्रे साँस्कृतिक तथा व्यपारिक महोत्सवस्थलमा कोदो र फापरको पिठोबाट सेल रोटी बनाउँदै व्यवसायी महिला । तनहुँको भानु नगरपालिका–२ थक्रेकस्थित अनुग्रह कृष तथा पशु फर्म समेत सञ्चालन गरेको समुहले जिल्लामा हुने मेला महोत्सवमा अर्गानिक कोदोको मःम, सेल रोटी, कफी लगायतका परिकार बनाएर…
पुरा पढ्नुहोस