फाेटाे फिचर
-
७ चैत्र २०८१, शुक्रबार १२:४२एसइई परीक्षा दिंदै गुरुकुलका विद्यार्थी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षण नियन्त्रण कार्यालयले विहीबारबाट सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागि भएका तनहुँको देवघाट गाउँपलिका रहेका विभिन्न गुरुकुल र विद्यालयका छात्रछात्राहरु । गाउँपालिकामा कायम गरिएको एकमात्र परीक्षा केन्द्र महेश संस्कृत गुरुकुल विद्यापिठबाट ३२१ जना विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ । तस्विर…
पुरा पढ्नुहोस -
६ चैत्र २०८१, बिहीबार ११:२७पुल निर्माणले गतिलिंदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेस्थित पिप्ले खोलामा पक्कि पुल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्ग विस्तारकाक्रममा खोला खोल्साहरुमा पुल निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ चैत्र २०८१, बुधबार १२:१४चैतेधान रोपाईको चटारो
तनहुँको व्यास नगरपालिकाको घाँसीकुवास्थित मुसेखोलामा चैतेधानको विऊ रोप्दै कृषकहरु । सिंचाई सुविधा भएका खेतमा यतिबेला कृषकहरु चैतेधान रपाईमा व्यस्थ छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
५ चैत्र २०८१, बुधबार १२:०१बन्दीपुरमा पर्यटकको चहलपहल
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका पर्यटकहरु । पछिल्लो समय बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आवगमन बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ चैत्र २०८१, मंगलवार ११:४६खैरेनीटार खण्डमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित भिमाद चोक खण्डमा सडक सीमा भित्र रहेका घर टहरा हटाएर सडक विस्तार गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजना पश्चिम खण्ड (जामुने–पोखरा)मा निर्माण व्यवसायिले सडक विस्तार कार्यलाई तीब्रता दिएको छ । यो क्षेत्रमा विद्युत पोल स्थान्तरण नगरिदा सडक विस्तारमा सास्या…
पुरा पढ्नुहोस -
४ चैत्र २०८१, मंगलवार ११:३९दुना टपारी उत्पादन
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित अरिदेब नेवा मिसा पुच दुलेगौंडाले मेसिनबाट निर्माण गरेको दुना टपरी। उत्पादित दुना टापरीको नगरपालिकाको कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतको टोलीले अनुगमन गरी व्यवसायिक रुपमा उत्पादन र बजारीकरणमा सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ चैत्र २०८१, मंगलवार ११:३६घुम्ती शिविरमा सेवाग्राही
तनहुँको ऋषिङ गाउँपालिकाले वडा नं. ५ मा सोमबार सञ्चालन गरेको घुम्ती शिविरमा सेवा लिन लाम्वद्ध स्थानीय सेवाग्राही । गाउँपालिकाको पशु सेवा शाखाले पशु स्वास्थ्य घुम्ति शिविर सञ्चालन गरी कृषकहरुको पशुचौपायमा देखिएको रोग तथा समस्याको सहजिकरण गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ चैत्र २०८१, सोमबार ११:२८लोपको संघारमा पुगेको ढिकी
तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङको एक घरमा रहेको ढिकी । विशेष गरी ग्रामीण क्षेत्रमा कुटनीपिसनीमा प्रयोग गरिने ढिकी जातो बढ्दो आधुनिकताका कारण लोपको संघारमा पुगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०८१, आईतवार १२:५४मैले उत्पादन गरेको आलु
तनहुँको आँवुखैरेनी–१ ग्रिनचौरकी एक वृद्धा आफ्नो खेतमा उत्पादन भएको आलु थन्काउनका लागि खन्दै । यहाँका कृषकहरुले व्यवसायिक रुपमा समेत आलुखेती गर्दै आएका छन् । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस