फाेटाे फिचर
-
२३ फाल्गुन २०८१, शुक्रबार १०:५८पहिरो नियन्त्रणका लागि टेवा पर्खाल
तनहुँको भिमाद नगरपालिका–९ स्थित पाङ्मीमा पहिरो नियन्त्रणका लागि तारजालीको प्रयोग गरी निर्माण गरिएको टेवा पर्खालको निरिक्षण गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेल सहितको प्राविधिक टोली। टोली भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिएको योजनाहरुको अनुगमन तथा निरीक्षण गरेको थियो…
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०८१, शुक्रबार १०:५१कृषकको खेतबारीमा प्राविधिक
तनहुँको भानु नगरपालिका–५ का कृषक श्याम श्रेष्ठको फार्मको निरीक्षण गर्दै नगरपालिकाका कृषि शाखाका प्राविधिकहरु । कृषकको काउली, बन्द खेतीमा रोगको संक्रमण देखिएपछि कृषि प्राविधिकहरुले निरीक्षण गरी समास्याको समाधान खोजेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ फाल्गुन २०८१, शुक्रबार १०:४९विमलनगरको चुनपहरा खण्डमा सडक विस्तार
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरा खण्डमा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढाइदै । पहरा कटान गर्न अप्ठ्यारो भएकाले मस्र्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ । तस्वीर : सागर…
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०८१, बिहीबार १३:१८वन्यजन्तुलाई वनमै पानी पोखरी
तनहुँको ऋषिङ गाउँपालिका–५ स्थित सिद्ध सामुदायिक वनमा डिभिजन वन कार्यालय तनहुँले निर्माण गरेको पानी पोखरी । पानी खोज्दै वन्यजन्तु बस्ति छिर्दा हुने मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण र वाटर रिचार्जका लागि पानी पोखरी निर्माण गरिएको कार्यालय जनाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ फाल्गुन २०८१, बिहीबार १३:०६दमौलीमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजार खण्डमा सडक विस्तारलाई तीब्रता दिंदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार क्षेत्रमा छ लेनको सडक विस्तार कार्यलाई तीब्रता दिंदै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० फाल्गुन २०८१, मंगलवार १०:४२तनहुँ जलविद्युतको मुख्य बाँध निर्माणस्थल
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ फाल्गुन २०८१, सोमबार ११:०३घरदैलोमै दन्त उपचार सेवा
तनहुँको आँवुखैरेनी गाउँपालिकाले नेलम्बो नेपालको सहकार्यमा वडा नं. ६ को प्यूघरस्थित सहरी स्वास्थ्य केन्द्रमा आइतबारदेखि सञ्चालन गरेको पाँच दिने निःशुल्क दन्त शिविरमा दाँतको उपचार सेवा लिदै एक शिवाग्राही । शिविरको पहिलो दिन आइतबार ७४ जनाले सेवा लिएकामा २ जनाको दाँत भरिएको, २१ जनाले दाँत निकालेका,…
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०८१, आईतवार ११:०६गाउँको उत्पादन बजारमा
तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँकी एक महिला आफुले उत्पादन गरेको अम्रिसोको कुँचो र गुन्द्रुक दमौलीको सफासडक क्षेत्रमा बिक्रीका लागि लिएर हिड्दै । काहुँशिवपुर क्षेत्रका बासिन्दाले आफुले उत्पादन गरेको उपज दमौली बजार क्षेत्रमा बिक्री वितरणका लागि आफै लिएर आउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ फाल्गुन २०८१, आईतवार ११:०१घरबास सञ्चालनको तयारी
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित गिरौनचौर गाउँ । गाउँपालिकाले यस गाउँमा घरबास (होमस्टे) प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी पर्यटकको संख्या बढाउनका लागि स्थानीयले घरबास व्यवस्थापन तालिम समेत प्रदान गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस