फाेटाे फिचर
-
२१ बैशाख २०८३, सोमबार १२:१८सालको पातको टपरी
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका महिलाहरु जंगलबाट सालको पात ल्याएर टपरी बनाउँदै। स्थानीयले होमस्टेमा आउने पाहुनालाई खाजा खुवाउन टपरीको प्रयोग गर्ने गर्छन । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०८३, आईतवार १४:०३पाहुनलाई कोदोको रोटी
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी घरबास -होमस्टें)मा पुगेका पाहुनालाई खाजा खुवाउन कोदोको रोटी तयार गर्दै स्थानीय महिलाहरु। मगर समुदायको संस्कार संस्कृति अध्ययन अवलोकनका साथै स्थानीय खानाका परिकारउपभोगका लागि पछिल्लो समय रुम्सीमा आन्तरिक तथा वाह्य पर्यटक पुग्न थालेका छन् । व्यास नगरपालिकाले पनि यस गाउँलाई नमुना…
पुरा पढ्नुहोस -
१८ बैशाख २०८३, शुक्रबार १३:०४किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण
तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले बन्दीपुर अस्पतालमा आयोजना गरेको ‘किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमका सहभागिहरु । कार्यक्रममा किशोर–किशोरी लक्षित स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा स्वास्थ्य सचेतना अभिवृद्धिका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। स्वास्थ्य शाखाले किशोर अवस्थाका स्वास्थ्य…
पुरा पढ्नुहोस -
१७ बैशाख २०८३, बिहीबार ११:५९सडक स्तरोन्नती
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी गाउँको सडक कालोपत्रे गर्नका लागि आवश्यक तयारी गरिदै । ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य भएपनि सकड स्तरोन्नती नहुँदा यो धरमपानी गाउँ ओझेलमा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०८३, बुधबार १३:२७मकै खेती गोडमेल
तनहुँको बन्दीपुर गाउँपालिका–४ गोलडाँडाका कृषकहरु पाखोबारीमा गरिएको मकै खेती गोडमेल गर्दै । हिउँदो वर्षा कम भएको र पछिल्लो केही दिनयता लगातार वर्षा हुँदा मकै खेतीमा झारले ढाकेको कृषकहरुले बताएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ बैशाख २०८३, बुधबार १३:११मौरी पालन तालिम
तनहुँको शुक्लागण्डकी नगरपालिका–२, दगाममा महिला विकास कार्यक्रमबाट प्रवर्धित सहकारी संस्थाका सदस्यहरूका लागि ७ दिने मौरीपालन तालिम मंगलबार शुभारम्भ गरिदै । यस तालिम मार्फत उद्यमशीलता विकास, स्वरोजगार सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भरतातर्फ अगाडि बढाइने बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ बैशाख २०८३, मंगलवार १३:५१हाटबजारमा सिस्नोको व्यापार
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा गाउँबाट ल्याइएको सिस्नो बिक्री गरिदै । गाउँपालिकाले प्रत्येक हप्ताको शुक्रबार र सोमबार सञ्चालन गर्दै आएको हाटबजारले स्थानीय कृषकलाई आफ्नो उपज बिक्री वितरण गर्न सहज हुनुका साथै उपभोक्तालाई सुपथ मूल्यमा सहजै स्थानीय उत्पादन उपभोग गर्ने माध्यम बनेको छ ।…
पुरा पढ्नुहोस -
१४ बैशाख २०८३, सोमबार ११:३१स्थानीयको सक्रियतामा सडक मर्मतसुधार
तनहुँको श्रङ्गपथको भिमाद–धेनुङ देउराली खण्ड बाढीपहिरोका कारण भत्किएपछि स्थानीय सहभागितामा सडक मर्मत सुधार अभियान चलाइएको छ । ३५ वर्ष पुग्दासमेत श्रृङ्गमार्ग स्तरोन्नतीका लागि कुनै पनि जनप्रतिनिधिले त्यसलाई व्यवहारमा उतार्न पहल नगरेका कारण ऋषिङ, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाका युवाहरू एकजुट भएर ‘हामी बनाउँछौँ हाम्रो श्रङ्गपथ’…
पुरा पढ्नुहोस -
१४ बैशाख २०८३, सोमबार ११:१८जातोमा मकै पिस्दै
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीकी एक महिला जाँतोमा मकै पिस्दै । आधुनिक प्रविधिको बढ्दो प्रयोग तथा पशुपालन घट्दै जाँदा ढिकोजाँतो प्रयोग गरी कुटनीपिसनी कार्य पनि लोपहुँदै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस