फाेटाे फिचर
-
२१ माघ २०८१, सोमबार १२:१२कृषि प्रदर्शनी मेला
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकीकृत स्वास्थ्य र आय वृद्धि कार्यक्रम मार्फत नेपालका ग्रामीण समुदायहरुको सशक्तिकरण परियोजना अन्तर्गत आयोजना गरिएको कृषि प्रदर्शनी मेलामा राखिएका स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० माघ २०८१, आईतवार १०:५४अकबरे खुर्सानी र तरकारीको बेर्नाको नर्सरी
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ जाम्दीका कृषकहरु प्लाष्टिकको टनेलमा अकबरे खुर्सानी, काक्रो, करेला, घिरौला, लौका लगायतका तरकारीको विरुवा उत्पादनका लागि विऊ जमाउँदै । वडा कार्यालयको आर्थिक सहयोग र नगरपालिकाको कृषि शाखाको प्राबिधिक सहयोगमा जाम्दीका कृषकहरूलाई नर्सरीमा विऊ उत्पादनका लागि सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ माघ २०८१, शुक्रबार १३:०२फेसन डिजाइन तालिम
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा गत आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमका सहभागि महिलाहरु फेसन डिजाइन सम्बन्धी सीप सिक्दै । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना तथा नेपाल…
पुरा पढ्नुहोस -
१५ माघ २०८१, मंगलवार ११:०९सडक विस्तारका लागि नाला निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा सडक विस्तारका लागि नाला निर्माण गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाले दमौली बजार खण्डमा छ लेनको सडक विस्तार गर्दैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ माघ २०८१, सोमबार १०:५९साँस्कृतिक नृत्यको तयारीमा विद्यार्थी
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५५औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नृत्यको तयारी गर्दै छात्राहरु । विद्यालयले आज सोमबार विशेष कार्यक्रमका बीच वार्षिकोत्सव मनाउने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ माघ २०८१, सोमबार १०:५१सीप मुलक तालिमको शुभारम्भ
तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित केराबारीमा आइतबारदेखि सञ्चालन गरिएको एक हप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको मेशिनबाट कपडा सिलाएर शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी समिति तनहुँ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको आयोजना…
पुरा पढ्नुहोस -
१३ माघ २०८१, आईतवार ११:५२देवघाट आएका भक्तजन
हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा शनिबार आएका भक्तजनहरु देवघाटको पुलबाट वरपार गर्दै । देवघाटधाममा सञ्चालन गरिएको मकरमेला देवघाट महामहोत्सवमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०८१, शुक्रबार १२:०१सडक सुरक्षाका लागि संकेत बोर्ड
पृथ्वीराजमार्गको आँवुखैरेनी–पोखरा सडक विस्तारसंगै सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीब्रगति रोक्न ट्राफिक संकेत बोर्डहरु राख्दै । राजमार्गमा तीब्रगतिबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालय मातहतको बिलमनगरदेखि दमौली बजारसम्मको सडक खण्डको बिभिन्न मोड तथा घुम्ती भएका स्थानहरुमा स्पिड लिमिटका १६ थान…
पुरा पढ्नुहोस -
१० माघ २०८१, बिहीबार ११:५२सडकको बीचमा डिभाइडर निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक विस्तारका लागि डिभाइडर निर्माण गरिदै । डुम्रे बजार क्षेत्रमा छ लेनको सडक निर्माणका लागि तीब्रगतिमा काम अगाडि बढाइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस