फाेटाे फिचर
-
९ माघ २०८१, बुधबार १०:२९घिरिङका कृषक सुन्तलाखेती गोडमेल गर्दै
तनहुँको घिरिङ गाउँपालिका–३ उवाथोकका कृषकहरु सुन्तलाखेतीको गोडमेल र औषधि उपचार गर्दै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवासयिक कृषि उत्पादन केन्द्रको आ.व. २०८१/०८२ मा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको कृषि विकास शाखाले उवाथोक कृषक समूहमा आवद्ध कृषकहरुलाई सुन्तलाखेती प्रविधि र यसको वगैंचा व्यवस्थापन…
पुरा पढ्नुहोस -
८ माघ २०८१, मंगलवार ११:३२घरदैलोमै स्वस्थ्य सेवा
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर स्वास्थ्य चौकी अन्तर्गतका सेवाग्राहीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै चौकीका स्वास्थ्यकर्मीहरु । स्वास्थ्य चौकीले सेवा क्षेत्रका स्वास्थ आमा समूह नियमित बैठक गरी वालवालिकाको वृद्धिविकास, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाका विषयमा अनुगमन तथा जानकारी लिनुका साथै वृद्धवृद्धाको रक्तचाप मापन र…
पुरा पढ्नुहोस -
७ माघ २०८१, सोमबार ११:०४धराप बन्दै व्यासभूमिको प्रवेशद्वार
हिन्दुधर्मालम्बिको पवित्रस्थल चार वेद अठार पुराणका रचयित महर्षि वेदव्यासको तपोभूमि प्रवेशद्वार (गेट) मर्मतसुधार नगरिदा धरापमा पर्दै गएको छ । प्रवेशद्वारमा प्रयोग गरिएको काठ मक्किएर भाँचिने अवस्थामा पुगेसंगै काठबाट अडाइएका बुट्टेदार इट्टा लगायतका संरचना खस्ने अवस्थामा पुगेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ माघ २०८१, आईतवार १३:०३नवौं तनहुँ महोत्सव
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौं तनहुँ महोत्सव–२०८१ को व्यवसायीक स्टलहरुमा शनिबार देखिएको चहलपहल । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा शनिबार उल्लेख्य मात्रमा दर्शकहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ माघ २०८१, शुक्रबार १२:२३दमौलीमा सडक विस्तार
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली बजार क्षेत्रमा सडक विस्तार कार्य गरिदै । दमौली बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिदैछ । मुग्लिन–पोखरा सडक खण्ड विस्तार योजनाको पूर्वीखण्ड (आँवुखैरेनी–जामुने)मा करिब ७५ प्रतिशत सडक विस्तारको भौतिक प्रगति भएको बताइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ माघ २०८१, शुक्रबार १२:२१शिरोधारा उपचार सेवा
तनहुँको भिमाद नगरपालिकास्थित भिमाद आयुर्वेद औषधालयमा शिरोधारा उपचार सेवा लिदै एक सेवाग्राही । औषधालयमा विहीबारबाट यो सुरु गरिएको गणेश प्रसाद कोईरालाले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ माघ २०८१, बिहीबार १२:३०नवौं तनहुँ महोत्सव
तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौं तनहुँ महोत्सवको व्यवसायिक स्टलहरुमा बुधबार देखिएको चहलपहल । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ माघ २०८१, बुधबार १२:२०खैरेनीटारमा सडक कालोपत्र
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार योजना अन्तर्गत पश्चिमखण्ड (जामुने–पोखरा)को खैरेनीटारमा सडक कालोपत्र गरिदै । पश्चिमखण्डको निर्माण पक्ष्यले सडक विस्तारको कार्यलाई तीब्रता दिंदै गएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ माघ २०८१, बुधबार १२:१६कुमाल समुदायको माघे संक्रान्ति पर्व
कुमाल समाज नेपाल तनहुँ जिल्ला कमिटीको ब्यबस्थापकीय सहयोगमा भिमाद–३ खेक्रेटार कुमाल समाजले कुमार समुदायको राष्ट्रिय पर्व माघे संक्रान्तिका अवसरमा भिमाद नगरपालिकामा आयोजित एक कार्यक्रममा जातीय पहिचान झल्कने भेषभुषामा सजिएर ¥यालीमा सहभागि भएका कुमाल समुदायका महिलाहरु । कार्यक्रममा कुमाल समुदायको परम्परागत संस्कार, संस्कृतिका विषयमा चर्चा गर्दै…
पुरा पढ्नुहोस