घिरिङका कृषक सुन्तलाखेती गोडमेल गर्दै

तनहुँको घिरिङ गाउँपालिका–३ उवाथोकका कृषकहरु सुन्तलाखेतीको गोडमेल र औषधि उपचार गर्दै ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवासयिक कृषि उत्पादन केन्द्रको आ.व. २०८१/०८२ मा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको कृषि विकास शाखाले उवाथोक कृषक समूहमा आवद्ध कृषकहरुलाई सुन्तलाखेती प्रविधि र यसको वगैंचा व्यवस्थापन सम्बन्धी तीन दिने कृषकस्तर तालिम प्रदान गरेको थियो ।

तस्विर : भञ्ज्याङ










