फाेटाे फिचर
-
२२ कार्तिक २०८१, बिहीबार १२:३०छिम्केश्वरी लेकको साग बेसीमा
समुन्द्री सतहबाट करिब २ हजार १३४ मिटर उचाईमा फैलिएको तनहुँको सवैभन्दा अग्लोभाग छिम्केश्वरी क्षेत्रको लेकमा उत्पादित रायोको साग आँवुखैरेनी बजारमा बिक्रीका लागि ल्याएका आँवुखैरेनी गाउँपालिका–५ कृषक महिलाहरु । धार्मिक, प्राकृतिक एवं जैविक विविधतायुक्त छिम्केश्वरी क्षेत्रमा उत्पादित कृषि उपज तथा वनजन्य जडिबुटीहरु राम्रो मूल्यमा बिक्री वितरण…
पुरा पढ्नुहोस -
२२ कार्तिक २०८१, बिहीबार १२:२०कलशशोभा यात्रा
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिले तनहुँको व्यास नगरपालिका–३ व्यासभूमिमा सञ्चालन गरेको नवौं विश्व ओमकार तथा हिन्दु महामिलन पर्वको शुभारम्भका अवसरमा बधुबार दमौलीमा निकालिएको कलशशोभा यात्राका सहभागिहरु । कात्तिक २१ देखि २८ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मार्फत वेदानुयायी प्रतिष्ठानले वेदव्यास जन्मभूमिलाई विश्वमाझ प्रवद्र्धन…
पुरा पढ्नुहोस -
२१ कार्तिक २०८१, बुधबार १३:१२दमौली अस्पतालमा विरामीको चाप
तनहुँको दमौली अस्पतालमा मंगलबार स्वास्थ्य उपचार सेवा लिन आएका विरामीहरु । अस्पतालबाट दैनिक दुई सय बढिले स्वास्थ्य सेवा लिंदै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ कार्तिक २०८१, बुधबार १३:०८मकैको भण्डारण
संखुवासभाको चैनपुर नगरपालिका–२, हात्ती ढुङ्गेस्थित ताङ्लेवाका स्थानीयले बार्दलीमा झुण्डाएर राखेको मकै । घुन, पुतली, कीराबाट सुरक्षित राख्न मकै बार्दलीमा झुण्ड्याइएको हो । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२० कार्तिक २०८१, मंगलवार १३:४३पक्कि पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दिखोलाको निर्माणाधिन पक्कि पुल । चार लेनका सडक विस्तारका लागि बुल्दिखोलामा पुल निर्माण कार्य अन्तिमचरणमा पुर्याइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८१, शुक्रबार १३:०९तिहारलाई सयपत्री फूल
तनहुँको दमौलीमा विहीबार तिहारका लागि सयपत्री फूल खरिदबिक्री गरिदै । अघिल्ला वर्षहरुमा जस्ता यस वर्ष दमौलीमा सयपत्री फूल बिक्रीवतरणका लागि ल्याइएको छैन । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ कार्तिक २०८१, शुक्रबार १२:५८तिहारमा देउसी भैलो
तनहुँको दमौलीमा विहीबार तिहार पर्वको अवसरमा देउसी भैलो खेल्दै वैरेनी मगर समाजका सदस्यहरु । देउसी भैलोबाट संकलित रकमबाट उनिहरुले समाजको भवन निर्माण गर्ने भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ कार्तिक २०८१, बिहीबार १२:०३जामुने–पोखरा सडक खण्डमा कालोपत्र सुरु
पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा)को दुलेगौंडास्थित गाछेपानीमा सडक कालोपत्र गरिदै । पश्चिम खण्डमा हालसम्म ३१ प्रतिशतमात्र भौतिक प्रगति देखाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ कार्तिक २०८१, बुधबार १३:१३तीहारलाई सयपत्री फूल (फोटोफिचर)
तनहुँको आँवुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका कृषकहरु सयपत्री फूल टिप्दै । तीहार पर्वमा अत्याधिक प्रयोग गरिने सयपत्री फूलको माला तयार गरी बिक्रीवितरण गर्न कृषकहरु व्यस्थ भएका छन् । गाउँपालिकाले पहिलो चरणमा २०० वटा फूलको माला कतार पठाउने तयारी गरेको छ भने फूलको मालाको न्यूनतम् मूल्य १५० रुपैयाँ…
पुरा पढ्नुहोस