फाेटाे फिचर
-
४ कार्तिक २०८१, आईतवार ११:३२३०औं राष्ट्रिय कण्डम दिवस–२०८१
स्वास्थ्य कार्यालय तनहुँ, कम्युनिटी सपोर्ट ग्रुप तनहुँको आयोजना तथा नौलो घुम्ती नेपाल, एकीकृत महिला समुह, तनहुँ सहयोगी समुहको सहआयोजनामा दमौलीस्थित प्रशासनचोकमा शनिबार ३०औं राष्ट्रिय कण्डम दिवस–२०८१ का अवसरमा सचेतना मुलक कार्यक्रम गरिदै । ‘दोहोरो सुरक्षाको लागि कण्डममा पहुँच पुर्याऔं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पाँच…
पुरा पढ्नुहोस -
१ कार्तिक २०८१, बिहीबार १२:४८निर्माणाधिन साम्देखोला पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित साम्देखोलामा निर्माणाधिन पक्कि पुल । मुग्लिन–पोखरा सडक विस्ता योजनाले राजमार्ग विस्तार गर्नेक्रममा पुल निर्माण कार्यलाई अन्तिमचरणमा पुर्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० आश्विन २०८१, बुधबार १३:४२मानहुँकोटको सुन्दरता
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट देखिएको सूर्योदय र दमौली बजार ढाँकिएको कुहिरोको मनोरम दृष्य। चिसो मौसम सुरुभएसंगै व्यास नगरपालिका क्षेत्रको बेसी क्षेत्रमा लाग्ने कुहिरो, कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न पर्यटक मानहुँकोट पुग्ने गरेका छन् । दशैं पर्वसंगै मानहुँकोटमा पर्यटकको आवगमन बढ्न थालेको…
पुरा पढ्नुहोस -
२७ आश्विन २०८१, आईतवार ११:३८पृथ्वी राजमार्गमा गाडीको चाप
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ मुख्यचोकमा दसैँको टीकाको भोलिपल्ट आइतबार गाडीको चाप । टीका लगाउन सर्वसाधारणको आवतजावतले राजमार्गमा सवारीसाधनको चाप बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२४ आश्विन २०८१, बिहीबार १०:५९दसैंको अवसरमा लिङ्गेपिङ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्नका लागि मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीय र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमश्रृंखलाको दृष्य । तस्बिर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
२३ आश्विन २०८१, बुधबार १२:४८खसीबोका बेच्न आएका कृषक
दसैं पर्वका लागि तनहुँको सदरमुकाम दमौली बजारमा खसीबोका बेच्न आएका ऋषिङ गाउँपालिकाका बाख्रा पालक कृषकहरु । गाउँमा खसीबोका खरिदका लागि व्यापारीहरु नगएका र गाउँपालिकाले पनि उत्पादित खसीबोका बिक्रीवितरणको व्यवस्था नमिलाएपछि कृषक आफै दमौली बजारमा खसीबोका बिक्री गर्न आएका हुन् । दमौलीमा यस जिउँदो खसीबोको प्रतिकिलो…
पुरा पढ्नुहोस -
२२ आश्विन २०८१, मंगलवार १३:४३खसीबोकाको स्वास्थ्य निरीक्षण
दशैं पर्वलाई लक्षित गरी व्यापारीहरुले तनहुँका ग्रामीण क्षेत्रबाट दमौली बजारमा बिक्री वितरणका लागि ल्याएका खसीबोकको स्वास्थ्य अवस्था निरीक्षण गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सकहरु । दशैंको बेला उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन केन्द्रले खसीबोकाको स्वास्थ्य निरीक्षण तथा परीक्षण गर्न थालेको…
पुरा पढ्नुहोस -
२१ आश्विन २०८१, सोमबार १२:४८भत्ता बुझ्ने पालोको पर्खाइ
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिपुरबाट आइतबार दमौलीस्थित एक विकास बैंकको प्राङ्गणमा सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि बसेका वृद्धवृद्धाहरु । पालिकाले सम्बन्धित वडा र टोलमा सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था नगरिदिंदा लाभग्राहीले सास्ती झेल्दै आउनुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ आश्विन २०८१, सोमबार १२:४३कृषकको खेतबारीमा कृषि प्राविधिक
कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्राविधिक टोली भानु नगरपालिका–९ पुर्कोटका कृषकहरुको खेतबारीमा पुगेर खेतीबालिमा लागेको रोग किराको अध्ययन अनुसन्धान तथा औषधी उपचारमा सहजिकरण गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस