फाेटाे फिचर
-
२२ जेष्ठ २०८१, मंगलवार १२:४०जातीय भेदभाव सधैका लागि अन्त्य गरौं
तनहुँको व्यास नगरपालिका दमौलीमा जातीय विभेद तथा छुवाछु्त उन्मुलन दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, तनहुँले निकालेको र्यालीमा प्लेकार्ड सहित सहभागि भएका एक बालक । तनहुँका दलित अगुवाहरुको सहभागिता रहेको र्यालीले दमौली बजारको परिक्रमा गरी सभामा परिणत भएको थियो । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ जेष्ठ २०८१, मंगलवार १२:०५अल्लोको कपडा बुन्दै
कास्कीको मादी गाउँपालिका-१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोको कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्रीहरु तयार गरिन्छ । तस्बिर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
२१ जेष्ठ २०८१, सोमबार ११:५१सडक विस्तारका लागि खोला किनारमा पर्खाल
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक योजना अन्तर्गत व्यास-१ तालघरे खण्डमा सडक चौडा गर्नका लागि बुल्दीखोला किनारबाट तारजालीको प्रयोग गरी पर्खाल लगाइदै । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० जेष्ठ २०८१, आईतवार १२:३३हुर्कदै गरेका मकै खेती
तनहुँको घिरिङ गाउँपालिका-१ स्थित बैंडीफाँटमा कृषकै खेती । यहाँ सिँचाइ आयोजना निर्माण भएपछि बैडीफाँट हराभरा बनेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
२० जेष्ठ २०८१, आईतवार १२:२१स्वागत नृत्य
तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस अन्तर्गत नेपाल युवा रेडक्रस सर्कलको आतिथ्यतामा शनिबार आयोजित तनहुँ जिल्लाका विद्यालय/क्याम्पस जुनियर/युवा रेडक्रस सर्कलका प्रतिनिधि विद्यार्थी र शिक्षक नायकहरुको दुइ दिने गोष्ठीको उद्घाटन समारोहमा सहभागि अतिथिहरुलाई नृत्य प्रस्तुत गरी स्वागत गर्दै छात्राहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ जेष्ठ २०८१, शुक्रबार १२:४१राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीलाई सास्ति
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको भीड। राष्ट्रिय परिचय पत्र बनाउनका लागि आवश्यक उपकरणको अभावका कारण बिहान ७ बजेदेखि नै सेवाग्राही कार्यालय परिसरमा पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ जेष्ठ २०८१, बिहीबार १२:१३गुरुङ समुदायको सती घाटु
गुरुङ समुदायमा अति प्रचलित सती घाटु समापन गर्दै ब्यास नगर तमु सुधार आमा समुह । आमा समुहले बैशाख पूर्णिमाको अबसरमा नाचिएको सती घाटुका गीत गाउनेहरुलाई गुरु बा गुरु आमा भनेर सम्बोधन गरिन्छ । राजा परशुराम र रानी यम्फवतिको वियोगान्त कथामा आधारित सती घाटुमा संस्कृतिकर्मीहरुका अनुसार…
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०८१, मंगलवार १३:२४बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप
तनहुँको आँवुखैरेनी गाउँपालिकाका एक बालबकलाई पोलियो विरुद्धको आइपिभी खोप लगाउँदै स्वास्थ्यकर्मी । खोपको लक्षित समूहका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइने कार्यक्रम अन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका सबै बालबालिकालाई यो खोप लगाइँदैछ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ जेष्ठ २०८१, मंगलवार १३:२२पानी भरिएको पुल
सोमबार साँझ पानी परेपछि पृथ्वीराजमार्ग अन्तर्गत दमौली स्थित मादीनदी माथीको पुल जलमग्न अवस्थामा । राजमार्ग विस्तार योजना कार्य सञ्चालन भइरहेको र पानीको सहज निकासको व्यवस्थापन नगरिएको हुँदा पुल भरि आकाशे पानी जमेर यात्रा असज बनेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस