फाेटाे फिचर
-
१४ जेष्ठ २०८१, सोमबार १२:५१मादी नदीमा निर्माणाधीन पक्की पुल
मुग्लिन-पोखरा सडक योजना अन्तर्गत दमौलीस्थित तनहुँको व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । योजनाको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) अन्तर्गतको मादी नदीमा ३१५ मिटर लामो पुल १ अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण गरिदै छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१३ जेष्ठ २०८१, आईतवार १२:१७पदयात्राका लागि मिर्लुङकोटमा सिढी निर्माण
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङकोटमा पदयात्रा गरी सहज रुपमा जानका लागि सिढी निर्माण गरिदै । जिल्लाको दोश्रो अग्लो पहाड १६५६ मिटर उचाइमा रहेको एतिहासिक स्थल मिर्लुङकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बजेटबा करिब ६३० मिटर दुरीको सिढी निर्माण गरिदैछ ।…
पुरा पढ्नुहोस -
१३ जेष्ठ २०८१, आईतवार १२:१४मकै छर्दै झेल्नेटाका महिला
दाङको बङ्लाचुली गाउँपालिका-७ स्थित पहाडी गाउँ झेल्नेटाका महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । पहाडी गाउँका पुरुषहरु रोजगारीको सिलसिलामा भारत लगायत अन्य देश गएकाले पुरुषहरुले गर्ने काम पनि महिलाले नै गर्नु पर्ने बध्यता छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
पुरा पढ्नुहोस -
११ जेष्ठ २०८१, शुक्रबार १०:४९बुद्धजयन्तीमा शान्ति पदयात्रा
गौतमबुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा बौद्ध सदन आँवुखैरेनीले निकालिको शान्ति पदयात्रका सहभागिहरु । बुद्धजयन्तीका अवसरमा तनहुँको दमौली सहित विभिन्न ठाउँका बौद्धधर्मालम्बीहरुले शान्ति पदयात्रा तथा अन्य कार्यक्रम गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० जेष्ठ २०८१, बिहीबार १२:१३सडक विस्तारका लागि भित्ता कटान
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा सडक विस्तारका लागि भित्ता कटान गरिदै । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ६० र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा करिब २३ प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० जेष्ठ २०८१, बिहीबार १२:०७टपरी बनाउने सीप सिक्दै विद्यार्थी
तनहुँको व्यास नगरपालिका-१० कुमालटारी स्थित श्री चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु टपरी बनाउने सीप सिक्दै । विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई आफ्नो शरीर र दिमागलाई ताजा गर्दै रोचक मानी मनोरञ्जनात्मक शैलीमा आफु पनि नयाँ केही सिक्दै र अरुलाई पनी सिकाउँदे उद्देश्य अनुसार विद्यार्थीहरुलाई जीवन उपयोगित…
पुरा पढ्नुहोस -
९ जेष्ठ २०८१, बुधबार १५:३५खैरेनीटार बजार क्षेत्रमा कालोपत्र
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार योजना अन्तर्गत पश्चिम खण्ड (जामुने-पोखरा)को खैरेनीटार बजार क्षेत्रमा एकतर्फी सडक कालोपत्र गरिदै । पछिल्ला समय यस खण्डमा सडक विस्तारको कामलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ जेष्ठ २०८१, बुधबार १५:०६पर्यटकीय गाउँ मिछुर्लुङ
तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङ गाउँ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा घरबास (होमस्टे) सञ्चालन गरी स्थानीय कला संस्कृतिको संरक्षण तथा आर्थिक उपार्जनमा स्थानीय जोडिएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ जेष्ठ २०८१, बुधबार १५:०५कृषकलाई कृषि सामाग्रि
कृषि ज्ञान केन्द्र तनहुँको ग्रामीण पोषण सुरक्षा कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिका-१२ बराहडाडाको कृषक समुहलाई कृषि सामाग्रि हस्तान्तरण गरिदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस