स्वास्थ्य/जीवनशैली
-
४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’
‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल एक पत्रिकाको यात्रा मात्र होइन,…
पुरा पढ्नुहोस -
दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा…
पुरा पढ्नुहोस -
एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि
तनहुँ : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका स्थानीय तहमा सञ्चालन गर्दै आएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे शिविर प्रभावकारी बन्दै गएको छ । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सञ्चालन गरिएका शिविरबाट कुल ८७३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यी मध्ये ४० जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ । ऋषिङ…
पुरा पढ्नुहोस -
तनहुँको भानुमा एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
दमौली : तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ । आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३,…
पुरा पढ्नुहोस -
प्रदेश अस्पताल दमौलीमा ओपीडी सेवा व्यवस्थापनका लागि नयाँ प्रणाली
दमौली : प्रदेश अस्पताल दमौलीमा बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ ओपीडी -आउट पेसेन्ट डिपार्टमेन्ट) सेवा प्रणाली लागू गरिएको छ । सीमित जनशक्तिको अधिकतम प्रयोग गर्दै “क्यु म्यानेजमेन्ट” तथा “क्राउड म्यानेजमेन्ट”लाई व्यवस्थित गर्ने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी गराए…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा अतिरिक्त ओपीडी सेवामा बढ्दो आकर्षण
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत रहेको बन्दीपुर अस्पताल मा सञ्चालन भइरहेको विस्तारित ओपीडी सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा प्रदान गर्दै आएको छ । सोही सेवाअन्तर्गत फाल्गुन महिनामा कुल १ हजार ८१८…
पुरा पढ्नुहोस -
बन्दीपुरको पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा
डुम्रे : बन्दीपुर गाउँपालिकाअन्तर्गत सञ्चालित बन्दीपुर अस्पतालले वडा नं. १ को डुम्रेस्थित पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मंगलबार निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरेको छ। उक्त शिविरमा ३० जना महिला र २ जना पुरुष गरी ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले चैत महिनाभर विभिन्न सरकारी स्वास्थ्य…
पुरा पढ्नुहोस -
तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा, रोगी पत्ता लगाउनै चुनौती
दमौली : तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन्। चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा…
पुरा पढ्नुहोस -
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ३० लाख ५३ हजार ६४ को लागतमा मातृत्व कक्ष निर्माण गर्न लागिएको…
पुरा पढ्नुहोस -
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो । बीमितसँग केही स्वास्थ्य…
पुरा पढ्नुहोस