स्वास्थ्य/जीवनशैली
-
सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिंदै दमौली अस्पताल
डा. परिवर्तन बराल मे.सु. : प्रदेश अस्पताल दमौली तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल विस्तारको तयारीमा रहेको छ। सीमित पूर्वाधार र जनशक्तिका बीच सेवा दिँदै आएको अस्पतालले हाल १५ शय्याको स्वीकृति पाए पनि ५० शय्यामा सेवा सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश सरकारले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको र…
पुरा पढ्नुहोस -
भिमाद प्राथमिक स्वास्थ्य केन्द्र : भवन र जनशक्ति अभावका चुनौतीबीच सेवा दिंदै
डा. सुदन अधिकारी प्रमुख : भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तनहुँको भिमाद नगरपालिका–६ मा रहेको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले सीमित स्रोतसाधनका बाबजुद दैनिक १५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । केन्द्रका प्रमुख डा. सुदन अधिकारीले भवन अभाव र जनशक्ति कमीका कारण सेवा प्रवाहमा चुनौती रहेको बताए । वि.सं. २०५२…
पुरा पढ्नुहोस -
देवघाट गाउँपालिकामा स्वास्थ्य सेवा : उपलब्धी उत्साहजनक, चुनौती यथावत्
देवघाट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ र जनमुखी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम तय गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले सबै वडामा आधारभूत तथा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राख्दै सेवा पहुँच विस्तार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए ।…
पुरा पढ्नुहोस -
नेपालमा आयुर्वेद चिकित्सा पद्धति
आयुर्वेद चिकित्सा पद्धति विश्वकै सबैभन्दा पुराना स्वास्थ्य प्रणालीहरूमध्ये एक हो, जसको मूल उद्देश्य मानव शरीर, मन र आत्माबीच सन्तुलन कायम गरी दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्नु हो । ‘आयुर्वेद’ शब्द संस्कृत भाषाबाट आएको हो, जसको अर्थ ‘जीवनको ज्ञान’ भन्ने हुन्छ । आयुर्वेदको मूल २ उद्देश्यहरु १. स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने…
पुरा पढ्नुहोस -
अन्तर्राष्ट्रिय आरोग्य दिवस
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा (79th General Assembly) ले पारित अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा अप्रिल १५ का दिनमा मनाउने अन्तर्राष्ट्रिय दिवस हो। यो दिवसको उद्देश्य केवल रोग नभएको अवस्थालाई मात्र होइन, समग्र स्वस्थ जीवन (Holistic Wellness) लाई प्रबर्धन गर्नु हो । नेपालको योग र प्राकृतिक उपचार परम्परालाई विश्वमा मुख्यतया…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा विस्तारित ओपिडी सेवा प्रभावकारी
बन्दीपुर : बन्दीपुर अस्पतालले सञ्चालन गरेको विस्तारित ओपिडी सेवाबाट एक वर्षमा २४ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्। अस्पतालले वि.सं. २०८२ वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा विस्तार गरेपछि यसको प्रभाव उल्लेख्य रूपमा देखिएको हो। एक वर्ष पूरा भएको अवसरमा सार्वजनिक गरिएको वार्षिक तथ्याङ्कअनुसार वैशाखदेखि चैत…
पुरा पढ्नुहोस -
तनहुँमा स्वास्थ्य क्षेत्रको विस्तार र पहुँचको सकारात्मक संकेत, नसर्ने रोगको चाप भने बढ्दो
नारायण खड्का/तनहुँ नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको एक दशक भएको छ । संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने, स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने तथा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । तर, यो संवैधानिक प्रत्याभूति व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ भन्ने…
पुरा पढ्नुहोस -
४५ वर्षे यात्रामा ‘भञ्ज्याङ’
‘भञ्ज्याङ’ प्रकाशन आजबाट ४५औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा पोखराबाट साप्ताहिक रूपमा सुरु भएको यसको यात्रा वि.सं. २०५९ सालदेखि दैनिकका रूपमा रूपान्तरण भई दमौलीबाट निरन्तर प्रकाशन हुँदै आएको छ । यो यात्राले ‘भञ्ज्याङ’लाई नेपाली पत्रकारितामा आफ्नै पहिचान स्थापित गराएको छ। यो केवल एक पत्रिकाको यात्रा मात्र होइन,…
पुरा पढ्नुहोस -
दमौलीस्थित आयुर्वेद चिकित्सालयबाट २२ हजार ८५६ जनाले लिए सेवा
दमौली : प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन् । तनहुँसहित छिमेकी जिल्ला लमजुङ, कास्की, चितवन, गोरखाबाट समेत बिरामी उपचारका लागि आउने गरेको सो कार्यालयले जनाएको छ । कार्यालयबाट दिइने सेवा…
पुरा पढ्नुहोस -
एआई प्रविधियुक्त एक्स–रे शिविर : ऋषिङ र घिरिङका ८७३ जनाको परीक्षण, ४० जनामा क्षयरोग पुष्टि
तनहुँ : प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका स्थानीय तहमा सञ्चालन गर्दै आएको एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त एक्स–रे शिविर प्रभावकारी बन्दै गएको छ । ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा सञ्चालन गरिएका शिविरबाट कुल ८७३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यी मध्ये ४० जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ । ऋषिङ…
पुरा पढ्नुहोस