भिमादको बुढुवा खोलामा पक्की पुल

तनहुँको भिमाद नगरपालिकाको बुढुवा खोलामा गण्डकी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानिमा निर्माण गर्न लागिएको पक्की पुल निर्माणकार्यमा खट्टएिका मजदुरहरु । कोभिड-१९ संक्रमण जोखिम भएपनि पनि निर्माण कम्पनीले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पुल निर्माण कार्यलाई निरन्तरता दिएको छ ।
भिमादबाट माझकोट तर्फस्थानीय बासिन्दाले खोलामा पुल नहुँदा सास्ती झेल्दै आएकोमा अब छिट्टै त्यो अन्त्य गर्ने गरी पुल निर्माण कार्यलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ










