सडक दुर्घटनामा एकको मृत्यु, एक जना घाइते
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी-७ मालेबगरस्थित घुम्ती नजिकै मोटरसाइकललाई कन्टेनरले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक कास्कीको मादी गाँउपालिका-९ घर भई हाल २१ नं. बाहिनी अड्डा झापाको नेपाली सेनामा कार्यरत बर्ष २८ का प्रदिप भट्टर्राई रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घट्नामा गम्भिर घाइते भट्टराइको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटामा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक्षक श्यामु अर्यालले जानकारी दिए ।
पोखराबाट दमौलीतर्फआउँदै गरेको ग१४ प ७२०१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना७ख ११६८ नं. को कन्टेनर एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कन्टेनर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सोहीस्थान नजिकै सोमबार दिउँसो महेन्द्र जीपले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक घाइते भएका छन् । कुम्लेखोला नजिकै धारापानीबाट जारमा पानी ल्याउँदै गरेका ग१८प ५५९६ नं. को स्कुटरलाई खाद्यान्न बोकेको ग१ज ६७०१ नं. को जीपले ठक्कर दिंदा स्याङजा चापाकोट-६ घर भई हाल बेलचौतरा बस्ने १८ वर्षका निर्मल थापा घाइते भएका हुन् ।
घाइते थापाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । उनको पोखरास्थित मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।











