तनहुँमा मानवअधिकार अनुगमन समिति गठन

भञ्ज्याङ न्यूज

कोभिड-१९ बाट सिर्जित जटिल परिस्थिती र मानवअधिकारको अवस्था अनुगमनका लागि तनहुँमा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगको नेतृत्वको समितिमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी महासंघको जिल्ला स्तरीय नेतृत्व सदस्य हुन्छन् ।

नेपाल बार एसोसियसन तनहुँ बारका अध्यक्ष भानुभक्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको बैठकले मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल र गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रकाशचन्द्र भट्टराइ रहेका छन् ।

यस्तै, समितिको पहिलो बैठकले समितिको सदस्यहरुमा आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, महिला मानवअधिकार रक्षक सन्जालकी कल्पना पौडेल, गैरसरकारी संस्था समन्वय समितिका महासचिव राजेश्वर हड्खले र दलित पत्रकार संघका अध्यक्ष सानेबहादुर नेपालीलाई थप गर्ने निर्णय गरेको छ ।

समितिले कोभिड-१९ का कारण सिर्जित विषम परिस्थिती र बन्दाबन्दीका कारण नागरिकको मानवअधिकारमा परेको असरका विषयमा जिल्लामा अनुगमन गर्ने छ । निषेधाज्ञाको समयमा पनि नागरिकको मानवअधिकारको संरक्षण र संबर्द्धन हुनु पर्ने हुँदा समितिले त्यसैबारेमा अनुमगन गर्ने संयोजक सुवेदीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker