शुक्लागण्डकी महोत्सवको भलिबल प्रतियोगिता : बौदिकालीले जित्यो उपाधि

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारामा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदिकाली गाउँपालिकाले जितेको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको आज मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै बौद्धिकालीले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।

फाइनल खेलको पहिलो सेट शुक्लागण्डकीले २५–२२ अंकका साथ जित हात पारेको थियो भने दोस्रो सेट बौदिकालीले २५–२१ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा शुक्लागण्डकीले २५–१६ ले जितेको थियो ।

चौथो सेटमा शुक्लागण्डकीमाथि बौद्धिकालीले २५–१८ को जित निकाल्न सफल भयो । घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको शुक्लागण्डकीलाई १५–१० ले हराउदै बौद्धिकालीले उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै बौद्धिकालीले २ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ । उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै, सेमिफाइनलमा शुक्लागण्डकीले स्याङजाको हरिनास गाउँपालिका र बौद्धिकालीले स्याङजाको पुतीबजार नगरपालिकालाई पराजित गर्दैै उपाधिकालागि प्रतिस्पर्धा गर्न आएका थिए ।

सेमिफाइनलमा पराजित भएका हरिनास र पुतलीबजारबीच भएको खेल पुतलीबजारले जित्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

तेस्रो भएको पुतलीबजारले ५० हजार र चौथो भएको हरिनाशले २५ हजार रुपैयाँ प्रदान गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १३ पालिकाका खेलाडी सहभागि भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker