देवघाटमा ट्राफिकले उठायो सात लाख बढि राजश्व

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाटमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा भएको कामकारवाहीको विवरण सार्वजनिक गर्दै ट्राफिक प्रहरीले एक वर्षमै सात लाख रूपैयाँभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।

पोष्टका प्रहरी सहायक हवल्दार बुद्धिराज महतोका अनुसार एक वर्षमै सात लाख चार हजार पाँच सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको हो । ‘देवघाटबाट एकैवर्षमा यति धेरै राजश्व संकलन भएको थिएन’, उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता बढेसँगै राजश्व संकलनमा पनि वृद्धि भएको छ ।’

पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेकाले पनि राजश्व संकलन बढेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै कारवाहीमा परेका छन् । वर्षभरिको तथ्याङ्क हेर्दा मोटरसाइकल र स्कुटर गरी ७६३ वटा दुइ पांग्रे सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्, जसबाट पाँच लाख ४३ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

कार तथा जीपको कारवाहीबाट पनि ६८ हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए । वर्षभरिमा ११० वटा जीप तथा कार कारवाहीमा परेका थिए । सोही अवधिमा ६२ वटा ट्रक कारवाहीमा परेको र त्यसबाट मात्रै ४५ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

३८ वटा ट्याक्टरबाट पनि ३१ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको उनले बताए । देवघाट क्षेत्रमा चल्ने २६ वटा अटोबाट १६ हजार पाँच सय रूपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

देवघाटमा सुरक्षा सतर्कताको आवश्यकता बढ्नुका साथै ट्राफिक नियम उल्लंघन पनि बढेको हुँदा कारवाहीस्वरूप संकलित रकमबाट राजस्व बढेको उनको भनाइ छ । ‘यति सानो क्षेत्रमा वर्षमै यति धेरै राजस्व संकलन हुनु भनेको सामान्य कुरा होइन’, प्रहरी सहायक हवल्दार महतोले भने, ‘हामीले राजस्व संकलनको लक्ष्य लिएर चेकजाँचमा कडाइ गरेका होइनौँ । सुरक्षा सतर्कतालाई ध्यान दिएका हौँ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker