देवघाट र वारागुङ मुक्तिक्षेत्र बीच धार्मिक भगिनी सम्बन्ध कायम
भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनी बीच धार्मिक भगिनी सम्बन्ध जोडिएको छ । देवघाटका अध्यक्ष दुर्ग बहादुर थापा, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले दुबै पालिका बीच भगिनी सम्बन्ध कायम गरेका हुन् । सो अवसरमा देवघाट गाउँपालिका अध्यक्ष थापाले देवघाट गाउँपालिका देवघाटधाम नेपालकै एक पर्यटकीय धार्मिक स्थान रहेको बताउदै देवघाट गाउँपालिका भित्रका ऐतिहासिक स्थलहरुका बारेमा जानकारी गराएका थिए ।
तीन वटा जिल्लाले घेरिएको सुन्दर नगरी त्रीशुली र कालीगण्डकीको संगम “बेणी संगम” सिता गुफा, मणीमुकुन्देश्वर मन्दिर, शिवलय मन्दिर, गुरुकुल बिद्यालयहरु, नेछेनथार्बालिङ्ग बौद्ध गुम्बा, घण्टाचुली, छरछरे झरना, पालुराज मन्दिर, सिङ्गञ्चाङ्ग गढि लगायत विभिन्न स्थानहरुको महोत्व, परिचय र पर्यटकीय सम्भावनाको बिषयमा जानकारी गराएका थिए ।
यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले धार्मिक भगिनी सम्बन्ध दुइ गाउँपालिका बिच स्थापनाले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पनि धार्मिक पर्यटन बिकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञानेन्द्र शर्मा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










