तनहुँको व्यास नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पीसीआर गर्ने भएको छ । वडा नं.१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडि पीसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय नगरपालिकाले गरेको छ । कोभिड-१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिभर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

नगरपालिकाले यस अगाडि पीसीआर परीक्षणका लागि एक हजार रुपैयाँ शुल्क लिने गरेको थियो । उनले भने, ‘कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय भएको छ ।’ पच्चीय श्ययाको अस्पताल सञ्चालन गर्ने उद्देश्यका साथ हाल पाँच श्यया व्यवस्थापन गरिएको छ। सोही अस्पतालमा नगरपालिकाले पीसीआर प्रयोगशाला सञ्चालन गरेको थियो ।

कोरोना महामारीले आक्रान्त भएको समयमा पीसीआर रिपोर्ट आउनै आठ/नौ दिन लागेपछि नगरपालिकाले प्रयोगशाला सञ्चालन गरेको थियो । त्यसैलाई मध्यनजर गर्दै संघीय सरकार, प्रदेश सरकार, व्यास नगरपालिका, विभिन्न संघसंस्थाको सहयोगमा प्रयोगशाला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

पीसीआर प्रयोगशाला सञ्चालनका लागि संघीय सरकारले ५० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले १३ लाख रुपैयाँ, कर्मचारीले आठ लाख रुपैयाँ, हेफर इन्टरनेशनले चार लाख रुपैयाँ, तनहुँ समाज हङ्कङ र तनहुँ समाज अष्ट्रेलियाले दुइ/दुइ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । पीसीआर प्रयोगशाला स्थापनार्थ एक करोड सात लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ भने पीसीआर प्रयोगशाला सञ्चालनका लागि एक करोड ३२ लाख १५ हजार २६८ रुपैयाँ खर्च भएको छ ।

प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार सात सयमा पीसीआर मेसिन, रु १० लाख २० हजार ३९० मा जेनेरेटर, रु ५७ लाख सात हजार १७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप/कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुइ जना विएमएलटी र तीन जना सिएमएलटीका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । पीसीआर प्रयोगशालामा एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुइ घण्टा प्राप्त हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker