सरस्वती मुर्तीको प्राणप्रतिष्ठा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनिदेव माध्यमिक विद्यालयमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाका दिन विद्यालय र सृष्टि आमा समूहको सहयोगमा नवनिर्मित सरस्वतीको मूर्तीमा प्राणप्रतिष्ठा गरिदै । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले सरस्वती मुर्तीको अनावरण गरेपश्चात विद्यार्थी र शिक्षकहरुले पुजापाठ गरी श्रीपञ्चमी पर्व मनाएका थिए । तस्विर : भञ्ज्याङ









