भञ्ज्याङको प्रकाशन यात्रा : ४१औं वर्षमा प्रवेश

नारायण खड्का

विभिन्न आरोह अवरोधका बीच भञ्ज्याङको प्रकाशन यात्रा आजबाट ४१औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३९ सालमा कास्कीको पोखराबाट साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रा शुरु गरेको भञ्ज्याङले वि.सं. २०५९ सालमा तनहुँको दमौलीबाट दैनिक रुपमा प्रकाशन शुभारम्भ गरेको थियो । तनहुँको सदरमुकाम दमौलीबाट भञ्ज्याङ पब्लिकेशन प्रा.लि. मार्फ प्रकाशित हुँदै आएको भञ्ज्याङ दैनिक पत्रिकाले बिगतका घटना र वर्तमानका परिकल्पनालाई फर्किएर हेर्दा धेरै उतारचढाभका साथै संघर्षशिल इतिहास बनाएको र बन्न पुगेका छन् । यो यात्रा तय गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ । मुलुकमा भएका विभिन्न कालखण्डहरुमा जोखिमको सामनासँगै समाधानको खोजी गर्दै आमपाठकका चाहानालाई साथ र सहकार्य गर्दै भञ्ज्याङले आफ्नो यात्रा निरन्तर अगाडि बढाउँदै आएको छ ।

परिवर्तनका निम्ति मुलुकमा भईरहने राजनीतिक मुद्दाले बेलाबखत उथलपुथल बनाउने गरेको छ । अहिले मुलुक संघीय संरचनामा सञ्चालित छ । बिगतका घटनाक्रमलाई तुलनात्मक रुपमा वर्णन गर्ने अवस्था भने छैन । नेपाल र नेपाली जनतामाझ जोडिएको विकास निर्माण र संमृद्धिका लागि भएका संघर्षले नै प्राप्त संघ, प्रदेश र स्थानीय तहको संरचना तयार भएका छन् । मुलुकको भौगोलिक बिबिधता, सांस्कृतिक, जातीय पहिचानका भेषभुषा जीवनत राख्नु देशको पहिचान हो । यो पहिचानलाई आत्मसाथ गर्दै भञ्ज्याङले साथमा साथ र काँधमा काँध मिलाएर अगाडि बढ्दै आएको छ । आम नेपालीलाई सिंहदरबारको अधिकार घर आँगनसम्म पुर्‍याउने लक्ष्यका साथ अहिले मुलुक संघीय संरचनाको अभ्यास गर्दछै। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन र समिक्षा गर्ने समय पनि आएको छ ।

२०७९ वैशाख ३० गते स्थानीय तहको दोश्रो कार्यकालका लागि जनप्रतिनिधि चयन गर्न निर्वाचनको मिति घोषणा भइसकेको छ । अहिले दलहरु वडा र पालिकाहरुमा कस्तो उम्मेदवार पठाउने भन्ने कसरतमा लागेका छन् । वडा र पालिकाको नेतृत्व दाबी गर्दै मैदानमा उत्रने आकांक्षीहरुको पनि भिड छ । पहिलो कार्यकालका जनप्रतिनिधिले चुनावमा गरेको प्रतिवद्धता के कति पुरा गरे त्यसको समिक्षा र अब निर्वाचनमा उत्रने उम्मेदवारले बनाएका चुनावी घोषणापत्रको प्रतिक्षामा जनता छन्। तर, वर्तमान राजनीतिक अवस्था अल्लि फरक छ । मुलुकको राजनीतिक घटनाक्रमले जनताका जुन आशा, अपेक्षा र चाहाना थिए त्यस तर्फदलहरुले ध्यान नदिई सत्ता केन्द्रित भएको देखिन्छ । मुलुकमा अहिले जनादेशको नभई परमादेशको सरकार छ । जनता र देशको आवश्यकाता परिपूर्ति गर्न तर्फसरकारको ध्यान पुगेका देखिदैन । अहिले जनता मूल्यवृद्धिको चपेटामा छन । मुलुकको अर्थतन्त्र धरापमा परेको छ । उत्पादन र निर्यात तर्फध्यान दिनपर्नुमा अहिले मुलुक आयतमुखि बन्दा अर्थतन्त्र ढुलमुलाई रहेको छ ।

यस पत्रिकाले ४१औं खुड्किलो टेक्दै गर्दा आधुनिक प्रविधिका साथै नयाँ मिडियाले आफ्नो पकड जमाइसकेको अवस्था छ । प्रविधिका कारण सेकेण्ड भरमा दुनियाको खबर सबैको पहुँचमा पुग्न थालेका छन् । प्रविधिको विकाससंगै लिथो, लेटर प्रेस हुँदै पोली र मेटल प्लेटसंगै अहिले आधुनिक मेशिनबाट छापा माध्यमका पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएका छन् । तर, प्रविधिको विकासले पछिल्लो समय छापा सञ्चारका माध्यमलाई भने केही चुनौती थप्नुका साथै थप परिस्कृत हुन सचेत पनि गराएको छ । सत्य, तथ्यमा आधारित रहि यत्रतत्र छरिएका सामाग्रि टिपनटापन गर्दै ४० वर्षअघिदेखि भञ्ज्याङ पत्रिका अनवरत यात्रामा रहिरह्यो । टुक्राटुक्रा हत्केलामा जम्मा गर्दै यथार्तपरक रुपले आम नागरिकको हातहातमा पुगि रहेको छ । व्यक्तिविशेष पत्रकारिता नभई स्वतन्त्रतापूर्वक विषयगत बस्तुलाई प्राथमिकतामा राखि प्रकाशन माध्यमद्वारा पाठकको माझमा र्छलङ्ग पार्ने प्रयास निरन्तर चल्दै छ र चलिरहने छ । शहरदेखि ग्रामीण बस्तिसम्म सम्भावना बोकेका सम्भावित स्थानलाई ग्रामीण पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय कला संस्कृतिको संरक्षण, पर््रवर्द्धनका साथै विकास निर्माणमा हुने अनियमितताका विषयमा खबरदारी गर्दै सम्बन्धित निकायलाई घच्घचाउने कार्य भञ्ज्याङले गर्दै आईरहेको छ । यसरी नै उकाली ओराली हिड्दै गरेका यात्रीले थकाई मार्न भञ्ज्याङ चौतारीमा बिश्राम गर्नेका दुःख, पीडालाई समेटेर राख्ने गरेको छ ।

आगामी दिनमा समेत पत्रकारिताको माध्यमसँगै निरन्तरताका पाईला अघि बढि रहनेछ । आम जनताका आवाजलाई अझै मुखरित गर्न प्रतिवद्ध छौं । भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ राष्ट्रिय दैनिकले प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राखि न्यू मिडिया अन्तरगत वेवसाइट, सामाजिक सञ्जालहरुमा फेसबुक पेज, ट्वीटर, युटुव च्यानल मार्फ पनि पाठकहरुलाई आफ्ना प्रकाशनका साथै छिटो छरितो विश्वासिला समाचार तथा सूचना प्रवाह गर्दै आएको छ । हरेक बर्षपुरानो हुँदै जाने तर स्मरण योग्य हुनाले प्रत्येक नयाँ बर्षजन्मिन्छ । भञ्ज्याङ दैनिकको यो यात्रामा सहभागि हुनुहुने हाम्रा पाठक, विज्ञापनदाता, सकारात्मक आलोचक, शुभचिन्तक, कर्मचारीहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं । नयाँ बर्ष२०७९ ले सबैमा सुख, शान्ति, सु-स्वास्थ्य, संमृद्धि प्रदान गरोस्, मुलुकलाई संमृद्धिको बाटो तर्फउन्मुख हुन सबै क्षेत्रबाट सकरात्मक पहल होस् । हाम्रो पनि शुभकामना।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker