देवघाट गाउँपालिकाको अध्यक्ष कांग्रेसका थापा र उपाध्यक्षमा माओवादी केन्द्रका गुरुङ निर्वाचित

जिल्लाको देवघाट गाउँपालिकामा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिं गुरुङ निर्वाचित भएका छन् । थापाले ४ हजार ३०६ मत ल्याएका छन् भने गुरुङले ३ हजार ७२१ मत ल्याएका छन् ।
उनीहरुका प्रतिस्पर्धि नेकपा एमालेबाट अध्यक्षमा दुर्गबहादुर थापाले ३ हजार ४८३ मत र उपाध्यक्षमा सवित्री न्यौपानेले ३ हजार ४६७ मत ल्याएका छन् । यस पालिकामा एमाले विरुद्ध कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो ।
यस्तै, देवघाट–१ मा एमालेका मनिराज गुरुङ, देवघाट–२ मा कांग्रेसका मीनबहादुर राना, देवघाट–३ मा कांग्रेसका टेकबहादुर आले, देवघाट–४ मा एमालेका मित्रलाल गुरुङ र देवघाट–५ मा कांग्रेसका पुर्णबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।










