नवा युवाले जित्यो प्रथम मेयर कपको उपाधी

तनहुँको दमौलीमा शितल चोक युवा क्लबले आयोजना गरेको प्रथम मेयर कप-२०७९ को उपाधी नवा युवा क्लब व्यास-१ हाइस्कुल्टारले जित्न सफल भएको छ । नवा युवाले न्यु बुद्ध युवा क्लब भानु-१ लाई ३-० गोल अन्तरले पराजित गरी उपाधी आफ्नो कब्जामा पार्न सफल भएको हो । कुल ४२ टिमको सहभागिता रहेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विजेतालाई २ लाख २२२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










