१६औं संस्करणको भानुकप फुटवल प्रतियोगिताको द्धित्तीय पुरस्कार खनालले गरे सहयोग

२१०औं भानु जयन्तीको अवसरमा आयोजित १६औं संस्करणको राष्ट्रिय ९ए साइड खुल्ला नक आट फुटबल प्रतियोगिताको द्धित्तीय पुरस्कार भानु नगरपालिका–६ टुहुरेपसलका पुरषोत्तम खनालले सहयोग गर्ने भएका छन् । भानु–१ भन्सार रंगशालामा असार २९ गतेबाट सञ्चालन हुने प्रतियोगिताको द्धित्तीय पुरस्कार राशी एक लाख १२ हजार २१० रुपैयाँ रहेको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका खनालले उक्त पुरस्कार राशीको रकम आयोजकलाई उपलब्ध गराएका छन् । भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार २ लाख २५ हजार २१० रुपैयाँ रहेको छ ।
असार २९ गते देखि साउन ६ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको टिम दर्ता असार २७ गतेसम्म गर्नुपर्ने भन्सार युवा परिवारका सदस्य सन्दिप श्रेष्ठले बताए । सदस्य श्रेष्ठका अनुसार काठमाडौंस्थित थानकोटको वी आर ब्रादर्स टिमले सबैभन्दा पहिलो प्रतियोगिका रुपमा टिम दर्ता गरेको छ । भानुकप फुटबल प्रतियोगिता सफल बनाउनको लागि आवश्यक तयारी भइरहेको उनले बताए ।