बन्दीपुर आउने पर्यटकलाई स्थानीयस्तरमै उत्पादित खानाका परिकार

तनहुँ : पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।

तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।

अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो । तोरीको लागि तीन लाख, मुसुरोलाई दुई लाख ५० हजार, कोदोलाई छ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि दश लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ ।

तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि छ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाले भन्नुभयो,“मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ, यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँं” ।

सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताउनुभयो । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker