अध्ययन टोलीसंग सामुहिक तस्विर

पाकिस्तानबाट तनहुँको व्यास नगरपालिका आइपुगेको टोलीसंग बुधबार सामुहिक तस्विर । जि.आई.जेड, पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रम, खैबर-पख्तुनख्वा र पंजाव प्रान्तमा संचालित परियोजनाले पाकिस्तान सरकारलाई नागरिकको राजनैतिक सहभागिता बढाउन र स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गरेको छ ।

यसै सन्दर्भमा उक्त प्रान्तका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरुको टोलीले नेपालको संघीयतामा समावेसी स्थानीय सरकारको सेवा प्रवाह एवं असल अभ्यासहरुको अध्ययन गर्नुका साथै व्यास नगरपालिकाको स्थानीय सरकार सञ्चालन एवं अनुभव आदान प्रदान सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










