बन्दीपुर घुम्न आएका पर्यटक

पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका वाह्य पर्यटकहरु । मंगलबार बिहान टुडिखेलबाट पहाडको खोच, बेसी तथा उपत्यकामा लागेको कुहिरो र उत्तर तर्फ लहरै देखिएका आकर्षक हिमाली दृष्य अवलोकन तथा तस्विर खिच्दै । पर्यटकीयाम सुरु भएपनि भोटेकोशी/त्रिशुली, कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीले सार्वजनिक पूर्वाधार तथा जनधनको ठूलो क्षति पु¥याएपछि पर्यटक आगमन र पर्यटन व्यवसाय चलायमन हुन सकेको छैन । तस्विर : भञ्ज्याङ










