गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा चार स्रष्टा पुरस्कृत

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । मञ्चले स्थापना गरेको विभिन्न पुरस्कारबाट चार जना स्रष्टा पुरस्कृत हुनुभएको हो ।

भानु नगरपालिका–१२ बयापानीमा आज आयोजित स्रष्टा सम्मान तथा काव्य उत्सवको अवसरमा प्रा डा सुरेन्द्र केसीले पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङलाई नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली इतिहास एवं संस्कृतिमा पु¥याएको योगदानको कदर गर्दै गुरुङलाई उक्त पुरस्कार अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

क्षेत्र प्रताप अधिकारी स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिइ हाल काठमाडाँै बूढानीलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गीतल राष्ट्रिय पुरस्कार कास्कीको पोखरा महानगरपालिका–८ निवासी चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

गीतल प्रतिभा पुरस्कार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी कवि एवं गजलकार अथाह सागर तीर्थमानलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको सचिव माधव अधिकारीले जानकारी दिनुभयो । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार भने यसै वर्षदेखि पहिलोपटक प्रदान गरिएको हो ।

कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले साहित्यको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको काम सकारात्मक रहेको चर्चा गर्नुभयो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा भारत, भुटानलगायत नेपालका विभिन्न ठाउँबाट सहभागी स्रष्टाले साहित्यवाचन गर्नुभएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker