दुर्गा र रेशमको ‘हे माया’ चुड्का (कौडा) गीत सार्वजनिक (भिडियो सहित)

दुर्गा गुरुङ र रेशम गुरुङको शब्द संगितमा रहेको ‘हे माया’ बोलको चुड्का (कौडा) गीत सार्वजनिक गरिएको छ ।
कौडा किङ्गका नामले परिचित दुर्गा र रेशमले गुरुङ र मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ मौलिक चुड्का (कौडा) गीत युट्युव मार्फ सार्वजनिक गरेका हुन् ।
रेशम गुरुङको लय/शब्द रहेको गीतमा दुर्गा गुरुङ, तेजेन्द्र दुरा, रुपी सिंजाली मगर, प्रेमा राना भगर लगायतले स्वर दिएका छन् ।
तनहुँको व्यास नगरपालिका-३ देउराली नगर स्थित गलमबास माई समुहका सदस्य तथा अन्य कलाकाहरुको सहभागितामा तयार गरिएको उक्त चुड्का (कौडा) गीतको निर्देशन दुर्गा गुरुङले गरेका छन् । गीतको निर्मातामा नन्दशेभा गुरुङ (बेल्जियम) र आशिष गुरुङ (जापान) रहेका छन् ।